जनता बैंक नेपालको एकैसाथ ६ शाखाहरुबाट कारोवार शुभारम्भ र स्वास्थ्यशिविर

बुधबार, २९ जेठ २०७६, १८ : ०४
जनता बैंक नेपालको एकैसाथ ६ शाखाहरुबाट कारोवार शुभारम्भ र स्वास्थ्यशिविर

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले बुधबार (आज) एकैसाथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकैसाथ ६ शाखाको उद्घाटन गरेको छ । नयाँ ठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा खोलेको हो ।
मन्थली शाखाको उद्घाटन मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतले गर्नुभयो । उक्त समुद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष केशवबहादुर रायमाझी र प्रमुख कार्यकारी अधिकृत परशुराम कुवर क्षेत्रीले बैंकको बारेमा मन्तव्य राख्नुभएको थियो । 
फिदिम शाखाको फिदिम नगरपालिकाका मेयर ओनाहाङ्ग नेम्वाङ्ग, डुम्रे शाखाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, पाटन सुन्धारा शाखाको बैंकका संचालक रामबहादुर भण्डारी, ठिमी शाखाको बैंकका संचालक संजिब न्यौपाने र किर्तिपुर शाखाको नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले समुद्घाटन गर्नुभयो । नयाँखोलिएका शाखाहरु बाट त्यस क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीहरुलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधालगायत सम्पूर्ण आधुनिक बैकिङ्ग सेवा उपलब्ध गराइने बैंकले जनाएको छ । 
तनहुँको डुमे्रमा शाखा उद्घाटनसँगै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बृहत निःशुल्क स्वास्थ्य शिविर पनि संचालन गरिएको छ । स्त्री तथा प्रसूति रोग, हाडजोर्नी र सामान्य स्वास्थ्य परिक्षण सम्बन्धी सञ्चालन गरिएको स्वास्थ्य शिविरमा डुम्रे आसपासका करिब २०० जनाले स्वास्थ्य परिक्षण गराएका छन् । उक्त स्वास्थ्य शिविरमा बिरामीहरुलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको छ । 
यससँगै जनता बैंकको शाखा सञ्जाल पूर्वको ताप्लेजुङ्गदेखि पश्चिमको दार्चुलासम्म शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा गरी कुल १३५ पुगेको छ । यससँगै बैंकले ५० शाखारहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा १०३ एटिएमहरु मार्फत बैंकिङ्ग सेवा पु¥याउँदै आइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस