त्यो दिन किन बाझे माधव नेपाल र ओली ?

प्रधानमन्त्रीलाई प्रश्न : झापाका नरेश खरेल तपाईको उमेर भन्दा ५ वर्ष कान्छो छन्, तपाई बुढो नहुने अनि खरेल कसरी बुढो भए ?

सफल खबर संवाददाता

मंगलबार, २८ जेठ २०७६, ०७ : २२
त्यो दिन किन बाझे माधव नेपाल र ओली ?

काठमाडौं । नेताहरुको कार्यविभाजन टुंगोमा पु¥याउन २३ जेठमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधव नेपालबीच बाझाबाझ नै भएको तथ्य खुलेको छ । सचिवालय बैठक अगाडी दुई अध्यक्षले वरिष्ठ नेता नेपाललाई सहमतिमा ल्याउन बोलाएको छलफलमा ओली र नेपालबीच झापाको इन्चार्जका लागि सबैभन्दा बढी विवाद भएको थियो ।

नेकपा उच्च स्रोतका अनुसार , त्यही बाझाबाझले उग्र रुप लिएपछि र एकले अर्काेलाई देखाईदिने चेतावनी दिएपछि सचिवालय बैठक स्थगित भएको जानकारी दिनका लागि मात्र बसेको थियो । पूर्व तयारीका क्रममै ओली नेपाल चर्काचर्की परेपछि अध्यक्षद्धयले सचिवालय बैठक बसालेर प्रधानमन्त्रीको यूरोप भ्रमण पछि मात्र सचिवालय बैठक बस्ने जानकारीका लागि मात्र बसेको थियो ।

वरिष्ठ नेता नेपालले दुई अध्यक्षले तयार पारेको कार्यविभाजन प्रस्ताव खासगरी जिल्ला इन्चार्ज र सहइन्चार्ज चयनका लागि बनाएको प्रस्तावमा तीन बुदे असहमति जनाउदै कुनै हालतमा पनि दोहोरो जिम्मेवारी स्वीकार नगर्ने चेतावनी दिएका थिए ।
झापा जिल्ला इन्चार्जका लागि नेपाल ओली चर्काचर्की परेपछि विवाद मिलाउन अर्का अध्यक्ष समेत रहेका प्रचण्डले अझै छलफलको आवश्यकता देखिएको भन्दै सहजीकरणको प्रयास गरेका थिए ।

ओलीले झापा, कालिकोट, रामेछाप लगायत जिल्लामा प्रदेशका मन्त्री रहेका नेतालाई जिल्ला इन्चार्जको प्रस्ताव गरेका थिए । झापामा ओलीले हिक्मत कार्की, कालिकोटमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही, रामेछापमा कैलाश ढंगेल लगायतलाई जिल्ला इन्चार्ज बनाउन प्रस्ताव गरेका थिए ।

नेता नेपालले झापामा यस अगाडी पोलिटब्यूरो सदस्य भईसकेका वरिष्ठ नेता नरेश खरेल, रामेछापमा देवशंकर पौडेललाई जिल्ला इन्चार्ज बनाउन खोजेका थिए । त्यसमध्ये सबैभन्दा ठूलो विवाद ओलीको गृह जिल्ला समेत रहेको झापाको इन्चार्जका लागि परेको स्रोतको दाबी छ ।

ओलीले राम कार्की, नरेश खरेल र घनेन्द्र बस्नेत लगायत नेतालाई छोडेर कार्कीलाई जिल्ला इन्चार्ज ओलीले बनाउन खोजेका थिए । खरेललाई वरिष्ठ नेता नेपालले अगाडी सार्ने वित्तिकै ओलीले बुढो मान्छेलाई बनाउन नहुने टिप्पणी गरेका थिए । जवाफमा नेपालले प्रधानमन्त्री भन्दा ५ वर्ष उमेरमा कम रहेकोले यो उमेरमा तपाई पार्टी अध्यक्ष बन्न हुने हो भने खरेल पनि जिल्ला इन्चार्ज बन्न सक्ने वताएका थिए ।
आफनै उमेरमाथी नेता नेपालले दाजेर प्रश्न उठाएपछि ओली नेपाल बाझाबाझ भएको स्रोतले बतायो ।
 
त्यस्तै मोरङमा पनि कतिपय सिनियर नेतालाई पन्छाएर बिनोद ढकाललाई जिल्ला इन्चार्ज बनाउने तयारीमा ओली लागेकोमा पनि नेता नेपालले आपत्ति जनाएका थिए । ढकाल अहिले जिल्ला अध्यक्षमा परेपनि उनले केही दिन अगाडी मात्र राजीनामा दिएका थिए । जिल्ला इन्चार्ज नै पाउने भएपछि उनलाई प्रधानमन्त्री ओलीले नै राजीनामा गराई जिल्ला इन्चार्ज बनाउन खोजेपछि नेपाल झन मुरमुरिएका थिए ।
त्यही विवाद पछि सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित हुन पुगेको थियो । 

प्रतिक्रिया दिनुहोस