राजधानीमा धुलोभन्दा धुवाँको समस्या गम्भीर

पत्रपत्रिकाबाट

शनिबार, १८ जेठ २०७६, ०६ : ५४
राजधानीमा धुलोभन्दा धुवाँको समस्या गम्भीर

काठमाडौँ । काठमाडौँका सडकमा कुद्ने ६० प्रतिशतभन्दा बढी सवारी साधन वातावरणीय प्रदूषण नियन्त्रण मापदण्ड पूरा गरेका छैनन् ।  सुन्दा अचम्म लाग्न सक्छ तर यो यथार्थ हो । ट्राफिक प्रहरी महाशाखाले जेठ दोस्रो साता सार्वजनिक गरेको एक प्रतिवेदनमा दुई महिनाको अवधिमा दैनिक ५० देखि ६० सवारीसाधनलाई सडकमा परीक्षण गर्दा सो तथ्य फेला परेको होे । 
अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार सार्वजनिक गर्नुभएको बजेट वक्तव्यमा काठमाडौँ उपत्यकालाई धुलोमुक्त बनाउन पैदल मार्गलाई व्यवस्थित गरिने, निर्माण सामग्रीको ढुवानी गर्दा सुरक्षित विधि अपनाइने, विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरिने तथा काठमाडौँ उपत्यकाभित्र सडक निर्माण गर्दा अनिवार्य रुपमा फुटपाथ निर्माण गर्ने व्यवस्था मिलाइने कुरामा जोड दिनुभएको छ । 
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि धुलो नियन्त्रण गर्न टोली नै बनाएर एकीकृत रूपमा काम गर्न निर्देशन दिनुभएको छ । यसले राजधानीको धुलो र धुवाँ राष्ट्रिय मुद्दा नै बनेको छ तर पनि ठोस समाधान आउन सकेको छैन । सरकारले पेट्रोलियम पदार्थ तथा उद्योगहरूबाट उठाइएको प्रदूषण करबाट जम्मा भएको करिब चार अर्ब रुपियाँ कहाँ खर्च भन्ने अन्योल छ । 
वातावरणविद् भुषण तुलाधरका शब्दमा धुलोको समस्या अल्पकालीन हो तर सवारी साधनले गर्ने प्रदूषण दीर्घकालीन हो । उहाँ धुलो भन्दा सवारी प्रदूषणलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनु हुन्छ । 
प्रभावहीन हरियो स्टिकर 
सवारी अनुगमनमा सक्रिय यातायात व्यवस्था विभागमा कार्यरत नायवसुब्बा केशवराज जमरकट्टेलका अनुसार वातावरणीय मापदण्ड पूरा नगर्नेमा हरियो स्टिकर टाँसेको सवारीको मात्रा पनि उल्लेख्य छ । “हरियो स्टिकर लिएको महिना दिन नबित्दै परीक्षण गर्दा कसरी असफल भयो रु” धेरै सवारी चालक प्रश्न गर्छन् तर अनुगमनमा रहेका अधिकारी भने अनुत्तरित हुन्छन् । 
वातावरणविद् तुलाधर थोरै संख्याको सवारीले ५० प्रतिशतभन्दा बढी प्रदूषण गर्ने बताउनुहुन्छ । उहाँले सवारी साधनले गर्ने प्रदूषण न्यूनीकरण गर्न निजी ‘वर्कशप’ सञ्चालन गरेर प्रभावकारी निगरानी गर्न सुझाउनुहुन्छ । हाल यातायात व्यवस्था विभाग मातहतको सवारी परीक्षण केन्द्रले सवारीको प्रदूषण मापन गर्दै हरियो स्टिकर प्रदान गर्दै आएको छ । 
एकीकृत प्रयासको खाँचो
वि.सं. २०५४ देखि हरियो स्टिकर लगाउँदै आए पनि वायु प्रदूषणको मात्रा कम हुन सकेको छैन । बाइस वर्षसम्म गरिएको प्रयासलाई मूल्याङ्कन गर्नुपर्ने समय आएको केन्द्रका प्रमुख इन्जिनियर रामचन्द्र पौडेलले बताउनुभयो । हरियो स्टिकर लगाएर मात्रै सवारी प्रदूषणको मात्रा न्यूनीकरण हुन नसकेको तर्फ संकेत गर्नु हुँदै उहाँ एकीकृत प्रयास र नीतिगत सुधारको आवश्यकता औंल्याउनुहुन्छ । 
सवारीसाधनले उत्सर्जन गर्ने कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड, हाइड्रोकार्बनको कणले वातावरणलाई प्रदूषित बनाउने गर्छ । उतm प्रदूषित कण श्वासमार्फत् फोक्सो र मुटु हुँदै मानव रगतमा मिसिएर मस्तिष्कघात हृदयाघात जस्ता गम्भीर असर गर्ने गरेको छ । 
जोखिम धुवाँ वा धुलोको र ?
राजधानीको मुख्य सडकबाट दैनिक १० देखि १२ टन धुलो सङ्कलन हुँदै आएको छ । सडकबाट दैनिक रुपमा सङकलन हुने धुलोको परिमाणले पनि प्रदूषणको अवस्था दर्शाउन पर्याप्त छ । राजधानीको मुख्य बजार क्षेत्र रत्नपार्क, लाजिम्पाट, पुतलीसडक, नयाँ बानेश्वरसहित चावहिल र बौद्ध क्षेत्रमा वायुमा धुलो र धुवाँको मात्रा सबैभन्दा बढी मापन गरिएको छ । 
धुलो अल्पकालीन समस्या रहेको वातावरणविद् तुलाधर बताउनुहुन्छ । उहाँले यसो भनिरहँदा धुुलोले बिस्तारै आँखालाई सबैभन्दा बढी क्षति पु¥याएको आँखा रोग चिकित्सक डा। रुदल साह दाबी गर्नुहुन्छ । चिलाउने, रसाउने, रातो हुने समस्यासँगै दीर्घकालीन रुपमा धुलोको सम्पर्कमा बस्दा आँखा बिग्रिने जोखिम हुने डा। साह थप्नुहुन्छ । 
हिन्दुकुश क्षेत्रमा पर्वतीय विकाससम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र९इसिमोड०, संयुक्त राष्ट्रसंघको वातावरण संरक्षण कार्यक्रम तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले केही वर्ष अघि गरेको अध्ययन प्रतिवेदनमा काठमाडौँ उपत्यकाभित्र मानव उत्सर्जित प्रदूषण वार्षिक १९२ टन रहेको उल्लेख गरिएको छ । जसमा ५० प्रतिशत धुलोको कणको मात्रा छ । कार्बन मोनोक्साइड ३२ प्रतिशत र बाँकीमा अन्य हाइड्रो कार्बन, सल्फर डाइअक्साइड लगायतका छन् । 
पुनर्निर्माण र मेलम्चीले धुलो बढायो
वि।सं। २०७२ को गोरखा भूकम्पले काठमाडौँमा मात्रै ४० लाख टन भग्नावशेषसहितको फोहोर उत्सर्जन ग¥यो । भग्नावशेषको व्यवस्थापन गर्दै वर्ष दिन बितेको महानगरपालिकालाई अव्यवस्थित सम्पदा र पूर्वाधार निर्माण तथा निर्माणको क्रममा प्रयोग हुने कच्चा पदार्थको ढुवानीले उत्सर्जन गर्ने धुवाँ र धुलो व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । 
काठमाडौंँ महानगरपालिकाका वातावरण महाशाखाका प्रमुख हरिकुमार श्रेष्ठले भूकम्पपछि राजधानीका सम्पदा पुनर्निर्माण भइरहँदा गिट्टी, बालुवा बोकेर आउने सवारीसाधनले काठमाडौंको सडकमा धुलोको मात्रा बढाएको बताउनुहुन्छ । 
शहरी क्षेत्रमा भइरहेको पुनर्निर्माणलाई व्यवस्थित र समयमै सम्पन्न गर्न महानगरले समन्वयको काम गरिरहेको महाशाखा प्रमुख श्रेष्ठले बताउनुभयो । तर महानगर क्षेत्रभित्रैको कच्ची सडक र सडकपेटीले काठमाडौंको आकाशमा धुलोको मात्रा बढाएको छ । वर्षा हुँदा सडकपेटीको धुलो सडकमा हिलो बनेर आउने र कच्ची सडकको हिलो सवारीसाधनसँगै मुख्य शहरी क्षेत्रभित्र आउँदा धुलोको मात्रा बढाएको महाशाखा प्रमुख श्रेष्ठ स्वीकार्नुहुन्छ । काठमाडाँैं महानगरपालिकाभित्र दैनिक ५३० टन फोहोर उत्सर्जन हुँदै आएको छ । वातावरण विभागका प्रवक्ता शंकर पौडेल पनि राजधानीमा तत्काल धुलोकै समस्या विकराल रहेको बताउनुहुन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस