काठमाडौं । नेपाली महिला राष्ट्रिय टिम मैत्रीपूर्ण खेलका लागि यत्तिबेला भारत पुगेको छ। भारतमा ६ वटा मैत्रीपूर्ण क्रिकेट शृङ्खला खेल्न लागेको नेपालले आज पहिलो खेलमा राजस्थानसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा नेपाली टिम भारत पठाएको छ। नेपालले भारतका तीन टिमसँग दुईदुई खेल खेल्दैछ। आज सुरु भएको खेल नोभेम्बर १९ तारिखसम्म चल्नेछ।
नेपाली टिमले भारतको उत्तराखण्ड, बंगाल र राजस्थानका महिला क्रिकेट टिमसँग प्रतिस्पर्धा गर्न लागेको हो।
नेपाली टिममा कप्तान बर्मासँगै कविता कुँवर, सना प्रवीण, रुबिना क्षेत्री, अलिसा यादव, ईश्वरी विष्ट, रोमा थापा, आश्मिा कर्माचार्य, सबनम राई, बिन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सिमाना केसी, ममता चौधरी रहेका छन्।
भारत भ्रमणमा रहेको नेपालले आज र नोभेम्बर १७ तारिखमा राजस्थानसँग प्रतिस्पर्धा गर्नेछ। शुक्रबार र नोभेम्बर १८ तारिखमा उत्तराखण्डसँग खेल्नेछ भने नोभेम्बर १५ र १९ तारिखमा बंगालसँग भिड्नेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ कार्तिक २०८२, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलन : आज हुने भनिएको नेपाल र बंगलादेशबीचको खेल स्थगित
आज अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदै
‘एक पालिका, एक खेल मैदान’ योजनामै सीमित
खेल राष्ट्र, स्वास्थ्य र प्रतिष्ठाका लागि महत्त्वपूर्ण छ : सभामुख घिमिरे