काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले पाँच जना केन्द्रीय सदस्य थपेको छ । पार्टी प्रवेश गरेका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो ।
पार्टीले जारी गरेको परिपत्रअनुसार सिराहाका सत्यनारायण यादव, बाँकेका पदम अर्याल, बाँकेकै रेखा गुप्ता, रुपन्देहीकी विद्या यादव र धनुषाका विमल साह केन्द्रीय सदस्य मनोनीत भएका हुन्।
पार्टीले सल्लाहकार समितिका अध्यक्ष पनि मनोनीत गरेको छ। सल्लाहकार समिति अध्यक्षमा प्राडा रामस्वारथ यादव मनोनीत भएका छन्।
खड्गनारायण चौधरी, विष्णु कुमाल, अजयकुमार श्रीवास्तव, शशी यादव, जीतेन्द्रप्रकाश महतो र मनोज साहलाई केन्द्रीय सल्लाहकार परिषद् सदस्य मनोनीत गर्ने निर्णय गरिएको पनि परिपत्रमा उल्लेख गरिएको छ।
गत कार्तिक १९ र २० गते बसेको पार्टीको केन्द्रीय समिति बैठकको निर्णयमा आधारित रहेर परिपत्र जारी गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ कार्तिक २०८२, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा नेता उमेश यादव जसपा नेपालमा प्रवेश
प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन जसपा नेपालको निर्देशन
जसपा नेपाल र लोसपाबीच एकता गर्ने निर्णय
जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि
जसपा नेपालले प्रदेशस्तरीय विरोध सभा गर्दै
जिल्लास्तरीय विरोध सभा गर्दै जसपा नेपाल