दादागीरी देखाउँदै ठग्ने निजी विद्यालय (नामावलीसहित)

सफल खबर संवाददाता

बुधबार, २७ चैत्र २०७५, १५ : ५९
दादागीरी देखाउँदै ठग्ने निजी विद्यालय (नामावलीसहित)

काठमाडौं । नयाँ शैक्षिकसत्र सुरु हुनै लाग्दा काठमाडौंसहित देशभरका केहि निजी विद्यालयहरुले विद्यार्थीमाथि सिण्डीकेट लागु गर्दा पनि सरकार चुप लागेर बसेको छ । अभिभाबकलाई मानसीक तनाब दिने गरी केहि निजी विद्यालयहरुले मनपरी गर्दा पनि सरकार तै चुप मै चुप भएर बसेको छ ।

केहि विद्यालयहरुले अभिभाबकलाई उपलब्ध गराउनुपर्ने पाठ्यक्रम समेत लुकाएका छन् । नतीजा आएको दिन अभिभाबकलाई तोकिएको पसलबाट किताब किन्न आग्रह गर्ने गरेका छन् । यस्तै, विद्यालयका सञ्चालकहरुले किताव बापत ४० प्रतिशत सम्म रकम लिने गरेको स्रोतको दावि छ ।

हरेक विद्यालयले सरकारले तोकेबमोजिम पाठ्यपुस्तक अध्यापन गराउनुपर्ने प्रावधान छ । तर, अधिकांश निजी विद्यालयले मेरो नेपाली विषय बाहेक अन्य पुस्तकहरु पाठ्यक्रम विकास केन्द्रले तोके वमोजिम अध्यापन नगराएको पाइएको छ । ती विद्यालयहरुले सन्दर्भ सामाग्रिहरु पढाउने गरेका छन् ।

केहि सन्दर्भ सामाग्रीहरुमा सरकारी अधिकारीहरु सल्लाहकारका रुपमा बसेको पाइएको छ भने लेखन कार्यमा समेत ती अधिकारीहरुको हात रहेको बुझीएको छ ।

अभिभावकका अनुसार पाठ्यपुस्तक सहित पाठ्यपुस्तकको खोल समेत जबरजस्त किन्न लगाउने गरेका छन् । उनीहरुले शैक्षिक सामाग्री, लाइव्रेरी, ट्यूसन फि, प्राथमिक उपचार, खेलकुद, छात्रबृत्ति कोष, कम्प्युटर लगायतका शिर्षकमा रकम असुल्ने गरेको देखिएको छ । केहि निजी विद्यालयहरुले कक्षा उत्तीर्ण गर्दा पनि पुनः भर्ना शुल्क लिने गरेका छन् ।

ललीतपुरस्थित लिटील ऐन्जल, नाइटीगेंल, यूनाइटेड एकेडेमी, काठमाडौंस्थित ग्यालेक्सी, भि.एस निकेतन लगायतले मनपरी ढंगलृे शुल्क लिएको सम्वन्धीत विद्यालयका अभिभाबकको गुनासो छ ।

काठमाडौंस्थित साउथ वेस्टनमा अध्ययनरत विद्यार्थीहरुलाई आफ्नो विद्यालयमा अध्ययनका लागि पठाउन अभिभाबकलाई दबाब दिएको पाइएको छ । अभिभावकका अनुसार साउथ वेष्टन भन्दा सस्तो र सुबीधा उपलव्ध गराउने भन्दै ग्लोवल इगलीस स्कुलमा भर्ना गर्न दवाव दिएको छ । सो विद्यालयले बोर्डसमेत नटाँगेको अभिभाबकको गुनासो छ । तर, विद्यालयका सञ्चालक मनोज आचार्यले बैधानिक तबरबाट विद्यालय सञ्चालन गरेको वताए ।

अभिभावक रमीता केसीले भनिन् ,‘सस्तो फि लिन्छौं । सुविधामा कन्जुस्याइ गर्दैनौ भनेर प्रलोभन दिइरहेका छन् । भर्ना गर भनेर दबाब दिएको दीइ छन् । तर, के गर्ने अन्यौलमा छौं । ’ सरकारले भने अहिलेसम्म निजी विद्यालयको अनुगमन अघि बढाएको छैन । जसको फाइदा निजी विद्यालयका केहि सञ्चालकहरुले लिदैं आएका छन् ।

शिक्षा तथा विज्ञान प्रविधी मन्त्रालयका सहप्रवक्ता विष्णुप्रसाद मिश्रले निजी विद्यालयहरुको नियमन हुन जरुरी रहेको बताए । उनले भने,‘एउटै स्कुलले दुइवटा स्कुल खोल्न पाउँदैन । नियमन भित्र रहेर सञ्चालन हुन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस