सफलताको कथा

सिकारु महिला डोजर चालकले बुनेको सपना

विहीबार, ०४ माघ २०७४, २० : १०
सिकारु महिला डोजर चालकले बुनेको सपना

चितवन – अहिले देशको नेतृत्वमा महिला छन् । महिलाहरुले पनि पुरुष सरह भुमिका निर्वाह गर्न सक्छन् भन्ने उदाहरण हामी माझ छ । अझ पुरुषले नेतृत्व गरेको सघं सस्था भन्दा महिलाले हाकेका संस्थाहरुले बढी सफलता प्राप्त गरेका छन् । त्यसैले महिलाहरुले हेर्ने दृष्टिकोणमा परिणत आउन थालेको छ । महिलाहरुले अप्ठारो तथा चुनौतीपुर्ण काम गरेर महिलाहरुको प्रेरेणाको स्रोत बन्ने गर्दछ । सर्लाही बगमती कर्मैया की लक्ष्मिी दोङ कुशल डोजर महिला चालक बन्ने ठुलो सपना छ । नारायणगढ क्षेत्रमा चल्ने अटो चलाउने ईच्छाका साथ साथीको अटो चलाउन सुरु गरिन ।

केहि दिनमै अटो चलाउन सहज जस्तै भयो उनलाई । एक कार्यक्रममा उनको भेट नेपालको दोस्रो डोजर चालक रनमायाँ गुरुङ उर्फ बसन्तीसगँ भेट भयो । भेटका क्रममा रनमायाँ गरुङले महिला पनि डेभि गाडी सहजताका साथ हाक्न सक्ने कुरा सुनाईन । उनी भन्छिन् दिदीको कुरा सुन्न साथ मलाई भित्रदेखि डोजर चालक बन्ने उत्साह थापियो । रनमायाँ गुरुङ अर्फ बसन्तीले नेपालको क श्रेणीको कालिका कन्ट्रकसनमा लामो समय देखि डोजर चालक भएर काम गर्दै आई रहेकी छिन् । २ छोरा छोरीकी आमा लक्ष्मिी ०६० साल देखि चितवनमा बसोबास गर्दै आई रहेकी छिन् । उनको श्रीमान फ्रेस हाउसमा मासु काट्ने काम गर्दै आईरहेका छन् । उनलाई डोजर चालाउने रहर जागे पनि सिक्ने अवसर जुटेको थिएन् । यस बिचमा देउराली जनता प्रविधिक शिक्षालयले प्रशिक्षण दिन लागेको सुचना थाहा पाईन् । आवेदन पनि दिईन् । ४० जनाको कोटामा १सय ३६ जनाको आवेदन परेको थियो ।

आवेदन दिए पनि ४० जानमा परिन्छ की परिदैन भन्ने उनलाई चिन्ता थियो । अन्तरवार्ताका क्रममा उनले आफ्नो कुरा सुनाए पछि उनी ४० जान भित्र पर्न सफल भईन् । अहिले उनी नारायणी नदी किनारमा डोजरको ब्यक हुई लोडर अपरेटरको तालिम लाई रहेकी छिन् । तालिम लिन लागेको ३२ दिन भईसक्यो । अहिले लिभर चलाउने काम सिक्दै छिन् । डोजर चलाउन ,खल्न ,अगाडी ,पछाडी गर्न आई सक्यो अब लिभर चलाउने काम सिक्दै छु –अब त कुशल चालक बन्छु भन्ने साहस आएको छ । देश अब विकास हुने हो भने हामीले काम पाउन गारो छैन , नेपालमै राम्रो आम्दानी गर्न सकिने उनी बताउछिन् । आशा छ सरकारले यसका लागि वातावरण तयार गर्ने छ । बसन्ती गुरुङलाई सम्झदै भन्छिन् उहाँसग भेट हुनु मेरो जिवनको लागि ठुलो मोड हो । मेरो प्रेरेणाको स्रोत दिदी नै हो  । बसन्ती अहिले पनि उनीहरुको समुहले सिक्दै गरेको डोजर चालकको स्किल टेष्टका लागि हप्तामा एक पटक त्यहाँ आउने गरेकी छिन् ।

यसले गर्दा पनि थप हैसाला थपिने गरेको उनी बताउछिन् । यस्तै लक्ष्मीको जस्तै जमुना गुरुङको कथा पनि यस्तै छ । उनी भन्छिन् महिलाले हरेक काम गर्न सक्क्षम छन् । नवलपरासी कावसती घर भएकी जमुना डोजर चालक बनेर आफनै परिवारसगँ समय बिताउन चाहान्छिन् । यस तालिम उनका लागि पनि तिब्र रुचीको बिषय हो । उनी भन्छिन् महिलाले पुरुष सरह सबै काम गर्न सक्छन् घरको काम मात्र गर्नु पर्छ भन्ने छैन । एक महिनाको प्ररशिक्ष पछि उनलाई थप हौसला थपिएको छ । ४० जनामा २ जान महिला भित्र परे । तालिमका लागि आयोजक प्रति धेरै खुशी छिन् । देउरालीले ७८ दिनमा ३ सय ९० घण्टा हुने गरि निशुल्क तालिम दिएको छ । आफुले सिप जाने श्रीमानको भर पर्न नपर्ने उनको भनाई छ । तालिम पश्चात सिटिईभिटिबाट परिक्षा हुने भएकाले त्यो परिक्षा पास हुनेमा उनी दृढ देखिन्छिन् । उनको भनाई पनि लक्ष्मिीको जस्तै छ । सरकारले नेपालमै रोजगारी सिर्जना गरे विदेशमा पशिना बगाउन नपर्ने बताउछिन् । 


 

प्रतिक्रिया दिनुहोस