काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण हालसम्म सात वटा वाणिज्य बैंकले सार्वजनिक गरेका छन् । माछापुच्छ्रे बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक र सानिमा बैंकले गत आवको वित्तीय विवरण प्रकाशित गरेका हुन् ।
गत आर्थिक वर्षमा एउटा बैंक बाहेक अन्य ६ वटा वाणिज्य बैंकको नाफा बढेको छ । कुमारी बैंकको नाफामा उल्लेख्य वृद्धि हुँदा सिटिजन्स बैंकको नाफामा भने सामान्य गिरावट भएको छ ।
माछापुच्छ्रे बैंकः गत आर्थिक वर्षको चौथो त्रैमाससम्म माछापुच्छ्रे बैंक लिमिटेडले २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९२.४५ प्रतिशत बढी हो । अघिल्लो आवमा यस बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेर १७ रुपैयाँ ३१ पैसा पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य आम्दानी ९ रुपैयाँ २३ पैसा रहेको छ ।
यस अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ३९ करोड रुपैयाँबाट घटेर ३५ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ । बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशत बढ्दा खुद फि तथा कमिशन आम्दानी १८.१६ प्रतिशतले बढेको छ । यस्तै, बैंकको प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा रहेको छ
बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित छ ।
गत आवमा बैंकले १ खर्ब ८४ अर्ब १७ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गर्दा कर्जा लगानी १ खर्ब ४१ अर्ब ६३ करोड ६८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ३.८३ प्रतिशत छ ।
कुमारी बैंकः गत आर्थिक वर्ष २०८१÷८२ मा कुमारी बैंकले २ अर्ब ११ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस्तो नाफा अघिल्लो वर्ष बैंकले ४६ लाख रुपैयाँ आर्जन गरेको थियो ।
बैंकले नाफामा उल्लेख्य वृद्धि गरेपनि वितरणयोग्य नाफा भने ऋणात्मक रहेको छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब ७९ करोड ४० लाख रुपैयाँ ऋणात्मक छ । अघिल्लो आवमा पनि बैंकको यस्तो नाफा ५ अर्ब ३६ करोड ७४ लाख रुपैयाँ ऋणात्मक थियो ।
गत आवमा बैंकको खुद ब्याज आम्दानी ६.९५ प्रतिशतले बढ्दा प्रति शेयर आम्दानी ८ रुपैयाँ ७ पैसा रहेको छ । बैंकको कुल सञ्चालन आम्दानी १०.९७ प्रतिशत, सञ्चालन नाफा ५२९.८७ प्रतिशत र खुद शुल्क तथा कमिसन आम्दानी २७.४४ प्रतिशत बढेको छ ।
बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ छ ।
गत आवमा बैंकले ३ खर्ब ६४ अर्ब ६३ करोड ९१ लाख निक्षेप संकलन गर्दा कर्जा लगानी २ खर्ब ६० अर्ब ९४ करोड ८३ लाख रुपैयाँ गरेको छ । बैंकको खराब कर्जा अनुपात ६.४२ प्रतिशत छ ।
सिद्धार्थ बैंकः गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सिद्धार्थ बैंक लिमिटेडले ३ अर्ब ३९ करोड रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको तुलनामा १०.२४ प्रतिशत बढी हो । त्यसबेला बैंकले ३ अर्ब ८ करोड नाफा कमाएको थियो ।
बैंकको वितरणयोग्य मुनाफा २२० प्रतिशतले बढेको छ । गत आवमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । यस्तो नाफा अघिल्लो आवमा ५८ करोड मात्रै थियो । बैंकको लाभांश क्षमता १३.२२ प्रतिशत छ ।
बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ १० पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ ९७ पैसा रहेको छ । बैंकको सञ्चालन आम्दानीमा ११.८२ प्रतिशतले वृद्धि भएको छ । बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ भने सेवा शुल्क तथा अन्य आम्दानी १ अर्ब ६४ करोड रुपैयाँ भएको छ ।
बैंकको चुक्ता पुँजी १४ अर्ब ९ करोड रुपैयाँ छ भने जगेडा कोषमा १६ अर्ब ९० करोड रुपैयाँ रहेको छ । गत आवमा बैंकको निक्षेप संकलन २ खर्ब ८० अर्ब रुपैयाँ पुग्दा कर्जा लगानी २ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, बैंकले खराब कर्जा २.६२ प्रतिशत छ ।
सिटिजन्स बैंकः सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब २९ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २.०८ प्रतिशत कम हो । अघिल्लो आवमा यस बैंकले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार वितरणयोग्य मुनाफा ७७ करोड ५४ लाख रुपैयाँ रहेको छ । यस बैंकको लाभांश वितरण क्षमता ५.२५ प्रतिशत छ ।
यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ४२ पैसा रहेको छ । बैंकको सञ्चालन आम्दानी १५.१२ प्रतिशतले बढ्दा सञ्चालन नाफा २.३२ प्रतिशतले घटेको छ ।
बैंकको चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा ८ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ । गत आवसम्ममा बैंकले २ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ४.९४ प्रतिशत छ ।
कृषि विकास बैंकः कृषि विकास बैंकको नाफा ४८.८८ प्रतिशतले बढेको छ । यस बैंकले गत आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमाससम्म ३ अर्ब ८२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब ५७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ५५ करोड २० लाख पुगेको छ । बैंकको लाभांश क्षमता १८.४२ प्रतिशत रहेको छ ।
गत आवमा बैंकले खुद ब्याज आम्दानी ९ अर्ब ८२ करोड १४ लाख गर्दा सञ्चालन नाफा ५ अर्ब ८४ करोड पुगेको छ । बैंकको प्रति शेयर आम्दानी २७ रुपैयाँ ६३ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २४१ रुपैयाँ ४ पैसा छ ।
बैंकको चुक्ता पुँजी १३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १९ अर्ब ८६ करोड रहेको छ । गत आवमा बैंकले २ खर्ब ९३ अर्ब निक्षेप संकलन गर्दा २ खर्ब १३ अर्ब कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ३.२६ प्रतिशत छ ।
एभरेष्ट बैंकः एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८१÷८२ मा ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा ३२.८० प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ७० करोड ३२ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
बैंकको वितरणयोग्य नाफा ५० प्रतिशत बढेको छ । गत आवमा बैंकको यस्तो नाफा ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ रहेको छ । बैंकको लाभांश क्षमता ३८.२७ प्रतिशत छ ।
गत आवमा बैंकको खुद ब्याज आम्दानी १९.३६ प्रतिशत बढेर ९ अर्ब १२ करोड ९३ लाख ८८ हजार रुपैयाँ गरेको छ । प्रतिशेयर आम्दानी गत वर्ष बढेर ३७.९९ रुपैयाँ हुँदा प्रतिशेयर नेटवर्थ २४७.३९ रुपैयाँ छ ।
बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ छ ।
यस अवधिमा बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गर्दा २ खर्ब १३ अर्ब ६२ करोड ३५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ०.३८ प्रतिशत छ ।
सानिमा बैंकः सानिमा बैंकको गत आर्थिक वर्ष २०८१÷८२ मा २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा ७.२४ प्रतिशत बढी हो । अघिल्लो वर्ष बैंकले २ अर्ब ३९ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ९२.१२ प्रतिशत बढेको छ । उक्त नाफा बढेर २ अर्ब ७८ करोड ७ लाख रुपैयाँ पुगेको छ । बैंकले २०.४७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता देखिन्छ ।
बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ गरेको छ । बैंकको प्रतिशेयर आम्दानी १८.९३ रुपैयाँ हुँदा प्रतिशेयर नेटवर्थ १६८.८३ रुपैयाँ छ । बैंकको रिटर्न अन इक्विटी ११.७३ प्रतिशत छ ।
बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ अर्ब ५६ करोड ७१ लाख रुपैयाँ छ ।
यस अवधिमा बैंकले २ खर्ब २३ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गर्दा कर्जा लगानी १ खर्ब ७६ अर्ब ४४ करोड ५ लाख रुपैयाँ गरेको छ । बैंकको खराब कर्जा ३.१ प्रतिशत छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ साउन २०८२, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाँच वटा बैंकद्वारा गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित
वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको कति ?
६२.०८ प्रतिशतले बढ्यो वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति
वाणिज्य बैंकहरुले कमाए ४७ अर्ब ७९ करोड नाफा
जेठका लागि बैंकहरूको नयाँ ब्याजदर, कुन बैंकमा कति पाइन्छ ?
पाँच वटा वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारबाही