एजेन्सी । क्यानडाको टोरन्टोमा आयोजित एक सडक महोत्सवमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
प्रहरीका अनुसार स्थानीय समयअनुसार शनिबार राति करिब ८:१२ बजे सेन्ट क्लेयर एभिन्यूमा सञ्चालन भइरहेको वार्षिक ‘साल्सा अन सेन्ट क्लेयर’ महोत्सवमा गोली चलेको हो । घटनास्थलमा पुगेको प्रहरीले गोली लागेका ६ जना भेटाएको थियो, जसमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ ।
घटनापछि आयोजित पत्रकार सम्मेलनमा प्रहरीले महोत्सवमा रहेका दुई व्यक्तिबीच गोली हानाहान भएको जनाएको छ । घटनास्थलबाट दुईवटा बन्दुक बरामद गरिएको छ । घटनामा संलग्न कसैलाई पनि अहिलेसम्म पक्राउ गरिएको छैन । प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।
टोरन्टो प्रहरीका उपप्रमुख फ्रान्सिस्को बार्रेडोले घटनास्थितिलाई अत्यन्त अव्यवस्थित भएको बताए । उनका अनुसार गोली चल्दा महोत्सवमा करिब १३ हजार मानिस उपस्थित थिए ।
प्रहरीले घटनासँग सम्बन्धित तीनवटा छुट्टाछुट्टै अपराधस्थलको अनुसन्धान गरिरहेको जनाएको छ । थप जानकारी उपलब्ध भएपछि सार्वजनिक गरिने पनि प्रहरीले जनाएको छ ।
घटनापछि सर्वसाधारणलाई उक्त क्षेत्रबाट टाढा रहन आग्रह गरिएको छ । घटनाबारे जानकारी वा प्रत्यक्षदर्शी भएका व्यक्तिलाई प्रहरीसँग सम्पर्क गर्न अपिल गरिएको छ ।
ओन्टारियो प्रान्तका प्रमुख (प्रिमियर) डग फोर्डले महोत्सवमा भएको अर्थहीन हिंसाको निन्दा गर्दै दोषीलाई पक्राउ गरी कानूनअनुसार कडा कारबाही गर्नुपर्ने बताएका छन् ।
टोरन्टोको मध्य क्षेत्रमा रहेको सेन्ट क्लेयर एभिन्यूमा हरेक वर्ष आयोजना हुने ‘साल्सा अन सेन्ट क्लेयर’ ल्याटिन महोत्सवमा प्रत्यक्ष सांगीतिक तथा नृत्य प्रस्तुति हुने गर्छ । यस वर्ष उक्त महोत्सवको २२ औं संस्करण आयोजना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २८ असार २०८३, १० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनसरीबाट चाइनिज पेस्तोल र गोलीसहित दुईजना पक्राउ
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
महोत्तरीमा गोली चल्यो, श्रीमान-श्रीमती घाइते
गोली चलाएर प्रहरीले समात्यो लुटेरा
अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौं प्रहरीले चलायो गोली