काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई हाजिरी जमानीमा छोडेर अनुसन्धान गर्ने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले निर्णय गरेको छ ।
बलात्कार तथा यौन शोषण गरेको भन्दै प्रहरीमा जाहेरीपछि पक्राउ परेका महरलाई हाजिरी जमानीमा छोडेर अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिइएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जनाएको छ ।
उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौँले आज पक्राउ पुर्जी जारी गरेको थियो । त्यसै पक्राउ पुर्जीका आधारमा उनी पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ भदौ २०८२, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ