कटुवा पेस्तोलसहित एक युवक पक्राउ

सफल खबर संवाददाता

शनिबार, ०५ पुस २०८२, १० : १६
कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका–१ बस्ने अन्दाजी १९ वर्षका ओम बाबुप्रसाद यादव रहेका छन् ।

प्रहरीले सवारीसाधान रोकी चेकजाँच गर्ने क्रममा पेस्तोलसहित भेटिएका यादवलाई नियन्त्रणमा लिएको हो । बारा कलैयाबाट पोखरातर्फ आउँदै गरेको ग२ख २७५ बसमा यादव सवार रहेको अवस्थामा चेकजाँचका क्रममा भेटिएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय आबुँखैरेनीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।

पृथ्वीराजमार्ग सडकखण्डमा रहेको अस्थायी प्रहरी पोष्ट मुग्लिन पुल जिपबाट खटिने प्रहरी टोलीले सवारी चेकजाँच कार्यलाई तीव्रता दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस