झापा। झापाको मेचीनगर नगरपालिका-६ बाट एक जना भारतीय नागरिक एक थान एयर पेस्तोलसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा पश्चिम बंगालको दार्जिलिङ घर भएका २५ वर्षीय प्रतीक अग्रवाल रहेका छन्।
मंगलबार बिहान पौने ९ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेची भन्सार कार्यालयको परिसरभित्र सवारी साधन तथा यात्रुहरूको चेकजाँच गर्ने क्रममा अग्रवालले चलाएको डब्लूबी ७४ एजे ०४०० नम्बरको स्कुटरको डिकीभित्र लुकाइछिपाइ राखेको अवस्थामा हतियार फेला परेको थियो । प्रहरीले एयर पेस्तोल १ थान, उक्त पेस्तोलमा लाग्ने मेटल बुलेट १८ राउण्ड र ४ थान मोबाइल बरामद गरेको हो।
अवैध हतियारसहित पक्राउ परेका अग्रवालमाथि थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ असार २०८२, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेतृ सिंहले फायर गरेको पेस्तोल सर्लाहीबाट बरामद
पेस्तोल लिएर नेपाल आएका ४ जना भारतीय पक्राउ
सिरहाबाट १ थान पेस्तोलसहित २ भारतीय पक्राउ