‘एमाले फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वस्त छैन’: विष्णु पौडेल

सफल खबर संवाददाता

शनिबार, १९ पुस २०८२, १६ : ४७
‘एमाले फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वस्त छैन’: विष्णु पौडेल

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले तोकिएको मितिमा निर्वाचन हुने विषयमा अझै विश्वस्त हुन नसकिएको बताएका छन्। 

शनिबार बुटवलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनका लागि आवश्यक वातावरण अझै नबनेको जिकिर गरे।

‘तोकिएको मितिमा निर्वाचन हुन्छ भन्नेमा हामी अझै विश्वस्त हुन सकेका छैनौँ,’ पौडेलले भने, ‘निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्छ, तर त्यसका लागि आवश्यक कामहरू अहिले पनि पूरा भएका छैनन्।’

उपाध्यक्ष पौडेलले सबै मतदाताले निर्भयताका साथ मतदान गर्न पाउने र सबै राजनीतिक दलले प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाउने जिम्मेवारी सरकारको भएकोसमेत उल्लेख गरे।  

प्रतिक्रिया दिनुहोस