काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वामपन्थी एकताको असान्दर्भिक चर्चा चलाइएको बताएका छन् ।
निर्वाचनमा पार्टीले भोगेको पराजयको गम्भीर समीक्षा गर्नुको सट्टा वामपन्थी एकताको असान्दर्भिक चर्चा चलाइएको बताएका हुन् ।
शनिबार फेसबुकमा आफ्नो बिचार राख्दै भनेका छन् , ‘नेकपा एमालेका लागि निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची हो । यस यथार्थबाट अन्यत्र ध्यान मोड्ने गरी पर्दाभित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा कसले, किन चलाइरहेका हुन् ?’
उनले पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची भएको स्पष्ट पारेका छन् । चुनावपछि पार्टीभित्र र बाहिर वाम एकताको बहस उठिरहेका बेला पौडेलले यस्तो चर्चा पर्दाभित्रबाट कसले र किन चलाइरहेको छ भन्दै प्रश्नसमेत उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ बैशाख २०८३, १७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देही–२ : रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता, विष्णु पौडेल पछाडि
विष्णु पौडेल उम्मेदवार रहेको रुपन्देही-२ मा काँग्रेसलाई राप्रपाको समर्थन
‘एमाले फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वस्त छैन’: विष्णु पौडेल
निर्धारित समय अगावै नेपाल ग्रे लिष्टबाट बाहिर निस्किन्छ: अर्थमन्त्री
विद्या भण्डारीको सदस्यता नवीकरण हुन सक्दैन: विष्णु पौडेल
विधान महाधिवेशनअघि नेतृत्वबारे अनुमान र विभाजित गर्ने काम नगरौँ: विष्णु पौडेल