काठमाडौं । काठमाडौं उपत्यकामा बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार २२३ चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा १८ लाख ८१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ९४ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १५० जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १७७ जना तथा तीव्र गतिमा सवारी चलाउने ११८ जनामाथि कारबाही गरिएको छ।
त्यसैगरी लेन अनुशासन पालना नगर्ने ६१ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १५४ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ९८ जना तथा एकतर्फी सडकमा सवारी चलाउने १२० जनालाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।
यसबाहेक विभिन्न सवारी नियम उल्लङ्घन गर्ने अन्य एक हजार २५१ चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सडक सुरक्षालाई प्रभावकारी बनाउन तथा सवारी नियमको पालना गराउन नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ जेठ २०८३, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख बढी राजस्व सङ्कलन
ट्राफिक कारबाहीबाट एकैदिन पाँच लाख बढी राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा छ लाख ४४ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा १० लाख ७८ हजार राजस्व संक्लन