काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र र उत्पादन बढाउनको लागि सरकार र निजी क्षेत्र दुवै सुध्रिनुपर्ने बताएका छन्। बिपी कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आर्थिक सुधार र रोजगारी सिर्जनाको काम अपेक्षित रूपमा हुन नसकेको बताए।
उनले भने, ‘राजनीति क्षेत्र पनि उतै छन्, भोटका लागि सबै हुन्छ भन्छन्, यो हुन्छ यो यस कारणले हुँदैन भन्न सक्नुपर्छ। अहिले मूल राजनीति पार्टी काँग्रेसमाथि पनि केही गर्दैन भन्छन्, गर्न यति धेरै गरेको छ भनेर साध्य छैन। तर हामी एकले अर्कालाई समाप्त पार्नको लागि सामाजिक सञ्जालमा सक्रिय हुने, आफूले गरेको कुरा भन्दै नभन्ने, गर्ने कुरा पनि नभन्ने बरु अरूका कुरा टिपेर आफ्नै मान्छेहरूलाई आक्रमण गर्ने यो प्रवृत्ति छाड्नुपर्छ।’
उनले काँग्रेस नीतिगत र सैद्धान्तिक रूपमा ठिक ठाउँमा रहेको दाबी गरे। उनले थपे, ‘हामीले त्यसलाई धारिलो बनाएर लानुपर्छ। नयाँ र कम्युनिष्टहरुले सक्दैनन्, हामी नै वेस्ट पार्टी हौँ। तर यसलाई सुधार्न आवश्यक छ। एकीकृत भएर हामीले आफ्ना कुरालाई सामूहिक ढंगले राख्न सक्यौँ भने सफल हुन्छौँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ साउन २०८२, १६ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसभित्र एकताका लागि नेतृत्वले गम्भीर पहल गरेन : महत
‘अमेरिकामा कमाएको पैसाले जोडेको घर जलाइयो, भ्रष्टाचार गरेको होइन’: डा. प्रकाशशरण महत