‘अमेरिकामा कमाएको पैसाले जोडेको घर जलाइयो, भ्रष्टाचार गरेको होइन’: डा. प्रकाशशरण महत

सफल खबर संवाददाता

सोमबार, ०६ असोज २०८२, २० : ४६
‘अमेरिकामा कमाएको पैसाले जोडेको घर जलाइयो, भ्रष्टाचार गरेको होइन’: डा. प्रकाशशरण महत

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जेन जेड आन्दोलनमा आफ्नो पनि घर जलाइएकोप्रति दुःख र आक्रोश प्रकट गरेका छन् । 

आफूले अमेरिकामा कमाएको पैसाले घर जोडेको र भ्रष्टाचार नगरेको उनको भनाइ छ ।

अमेरिकामा आफूले छात्रवृत्तिमा पढेको र सँगै गएकी पत्नीले काम गरेर पैसा कमाएको महतले सम्झिए । यसकै लगानीबाट भएको आम्दानीले अरु चिज थपेको बताए । 

डा. महतले भने, ‘लुटेर, ठगेर, बदमासी गरेर पैसा कमाएको होइन । जहिले जहिले पदमा पुगेँ । देश र जनतालाई केन्द्रविन्दूमा राखेर काम गरेको छु ।’

प्रतिक्रिया दिनुहोस