गलकोट (बागलुङ) । पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले दिगो आर्थिक रूपान्तरणका लागि योजनाबद्ध ढङ्गले काम गर्न आवश्यक रहेको बताएका छन् ।
वितरणमुखी बजेटले राज्यको समृद्धि नआउने भएकाले दीर्घकालीन रूपमा आम्दानी बढाउने क्षेत्रमा राज्यले लगानी गर्न आवश्यक रहेको उनले बताए। नेपाल प्रेस युनियन बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले संसद् अकारणमा अवरुद्ध गर्ने परिपाटीको अन्त्य गर्न आवश्यक रहेकोमा जोड दिए। बजेटमाथि छलफल गर्दा पछि कार्यान्वयनमा सहज हुने उनको भनाइ छ ।
लोकप्रियताका लागि ल्याइएका योजना असफल बन्दा जनतामा निराशा छाउने भएकाले योजनाको दिगोपनामा ध्यान दिन आवश्यक रहेको उनले बताए। आर्थिक रूपान्तरणका लागि कालीगण्डकी करिडोर तथा मध्यपहाडी लोकमार्गले ठूलो टेवा पुर्याउने उनले उल्लेख गरे ।
उनले आगामी मङ्सिरमा पार्टीको महाधिवेशन सम्भव नदेखिएको बताए। भिजिट भिसा प्रकरणमा कर्मचारी मुछिँदा गृहमन्त्रीले राजीनामा दिन नपर्ने उनको जिकिर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ असार २०८२, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
हरेक पालिकामा १५ बेडको अस्पताल सम्भव छैन : प्रकाशशरण महत
शेखर र गगन आगामी सभापति मै हुँ भन्दै हिँडेर पार्टीभित्र विभाजन ल्याउने काम गर्दैछन् : डा. महत
चीनले पहिले गरेका प्रतिबद्धतालाई बीआरआई अन्तर्गत अनुदान दिँदा राम्रो हुन्छ : डा. प्रकाशशरण महत
रविबारे कांग्रेस- आधार देखेरै प्रक्रिया अघि बढेको हो : डा. प्रकाशशरण महत
कृषि उब्जनी बढाउन सरकारले प्राथमिकता दिनुपर्छ : डा. महत