काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले दुई प्रतिपक्षी दलहरूको विरोधका बाबजुद निरन्तर सदन चलाइरहेकोमा सभामुख देवराज घिमिरेको आलोचना गरेका छन् । उनले यसलाई संसदीय इतिहासकै कालो समयको संज्ञा दिए ।
आज संसद् बैठकको सुरुवातमा समय लिएर बोल्दै लिङदेनले भिजिट भिसाको विषयमा राप्रपा र रास्वपाले गरिरहेको विरोधलाई सभामुखले नजरअन्दाज गरेकोप्रति असन्तुष्टि जनाएका हुन् ।
उनले भने, ‘संसदका दुई महत्त्वपूर्ण राजनीतिक पार्टीले डेढ महिनादेखि विरोध जनाइराख्दा जबरजस्ती संसद् चलाउने प्रयास भइरहेको छ । यो केवल सरकारको अकर्मण्यता र उदासीनता मात्र होइन, तपाईँको कार्यकालको सबैभन्दा कालो समय हो । सभामुखले प्रयास र पहल गर्नुपर्यो । प्रतिपक्षी दलहरूले उठाएको आवाजलाई सम्बोधन गराउने प्रयास गर्नुपर्यो ।’
उनले मन्त्रीहरू एकपछि अर्को लेनदेन काण्डमा मुछिँदा प्रधानमन्त्रीको सुशासन आयोग कहाँ छ भन्दै प्रश्न उठाए । ‘जनताले प्रधानमन्त्रीको सुशासन आयोग खोजिरहेका छन् । यदि नैतिकता छ, सुशासनप्रति अलिकति मात्रै प्रतिबद्धता छ भने मन्त्रीहरूको राजीनामा मागिनुपर्ने होइन ? उनीहरूलाई बर्खास्त गर्नुपर्ने होइन ? राजावादीलाई, गणतन्त्र विरोधीलाई तह लगायौँ भनेर डंका पिटेर जनतालाई भ्रम छरेको त छट्टु स्यालको कथा पो रहेछ । चिल आयो भन्ने अनि तल चल्ला टिप्ने अनि जनताको ध्यान एकातिर लगेर ठूला पार्टी मिलेर देश लुट्ने,’ उनले थपे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० असार २०८२, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र लिङ्देनद्वारा पार्टीका विभाग प्रमुखहरूसँग छलफल
जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : राजेन्द्र लिङ्देन
संसदको अवरोधबारे सभामुख घिमिरेद्वारा डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग छलफल
राजावादीहरूसँग सरकार डरायो : राजेन्द्र लिङ्देन
४० वर्ष मुनिका युवासँग साक्षात्कार गर्दै राप्रपा अध्यक्ष लिङ्देन
जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन