काठमाडौँ । गायक कृष्ण विक र गायिका दीपिका बलम्बु मगरको स्वर रहेको ढल्की ढल्की बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
लोकलयमा आधारिक गीतका भिडियोमार्फत दर्शकको मन जितेका गायक कृष्णले यसपटक छमछम नचाउने शैलीको गीतमा जुना सुन्दास र प्रदीप लामालाई अभिनय गराएका छन्।
दिनेशचन्द्र थपलियाको शब्द सृजना रहेको गीतमा सुरेश अधिकारीको संगीत रहेको छ । एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानी बोल्ने रमाइलो कथालाई निर्देशक प्रदीप लामाले कलात्मक शैलीमा भिडियोमा प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ जेठ २०८३, १५ : १७
लेखकबाट थप