काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले राज्य सञ्चालनमा नागरिकको सहज पहुँच र सार्वजनिक सेवाबाट प्राप्त प्रतिफलको समन्यायिक वितरणमार्फत गणतन्त्रलाई थप मजबुत बनाउन सकिने बताएका छन् ।
गणतन्त्र दिवसका अवसरमा बागमती प्रदेश गणतन्त्र मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई प्रभावकारी कार्यान्वयन गर्दै राष्ट्रिय एकता, भौगोलिक अखण्डता तथा सार्वभौमिकताको संरक्षण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरे ।
उनले दिगो शान्ति, सुशासन, विकास र समृद्धिप्रतिको जनआकांक्षा पूरा गर्न राज्यका सबै संयन्त्र जिम्मेवार ढंगले अघि बढ्नुपर्ने धारणा राखे । साथै, गणतन्त्र दिवसले समाजमा आपसी सद्भाव, एकता र भ्रातृत्वको भावना थप सुदृढ बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
प्रदेश प्रमुख देवकोटाले गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली पनि अर्पण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ जेठ २०८३, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘संविधानलाई दोष दिएर गल्ती गर्ने छुट कसैलाई छैन’ : प्रदेश प्रमुख देवकोटा