काठमाडौँ । सैनिक मञ्च टुँडिखेलमा १९ औँ गणतन्त्र दिवस समारोह सुरु भएको छ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपपति रामसहायक यादव, प्रधानमन्त्री वालेन्द्र शाहसहित उच्च पदस्थ अधिकारीहरुको उपस्थिति छ।
अहिले नेपाली सेना, नेपाल प्रहरीसहितले मार्चपास गरिरहेका छन्। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन्। प्रधानमन्त्री शाहले समारोहमा सम्बोधन नगर्ने भएपछि सरकारले समारोहमा सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रह गरेको छ।
गणतन्त्र दिवसका दिन जेठ १५ गते विशेष समारोह आयोजना हुँदै आएको छ। सैनिक मञ्च, टुँडिखेलमा आयोजना हुने गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ जेठ २०८३, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज १९औँ गणतन्त्र दिवस मनाइँदै: उपलब्धिको रक्षा र समृद्धिको सङ्कल्प