कुनै बेला नेपाल आएका यी धनाढ्य साउदी राजकुमार , पक्राउ परेपछि अहिले यस्तो छ हालत

बुधबार, २२ कार्तिक २०७४, १२ : १७
कुनै बेला नेपाल आएका यी धनाढ्य साउदी राजकुमार , पक्राउ परेपछि अहिले यस्तो छ हालत

काठमाडौँ । साउदी अरबमा यति बेला राजनीतिक भूकम्प आएको छ । राजा सलमानका छोरा राजकुमार मोहमद विन सलमानले आफ्नो भ्रष्टाचारविरोधी भ्रष्टाचार अभियान अन्तर्गत ११ जना साउदी राजकुमारसहित सरकारी मन्त्री र व्यवसायीहरुलाई पक्राउ गरेपछि त्यहाँ ठूलै हलचल मच्चिरहेको छ ।

उनीहरुलाई पक्राउ गरेर अर्बपति राजकुमार अल वालिद बिन तलालको राजधानी रियादस्थित रिट्ज कार्लटन होटलमा राखिएको छ । हाल विश्वकै शीर्ष ५० धनाढ्यको सूचीमा रहेका तलाल सन् २०१० ताका नेपाल पनि आएका थिए । ३४ सदस्यीय डेलिगेसनसहित नेपाल आएका तलालले तत्कालिन राष्ट्रपति रामवरण यादवसहित प्रधानमन्त्री माधवकुमार नेपाललाई भेट गरेका थिए । उनी नेपाल आउने पहिलो साउदी राजपरिवारका सदस्य थिए । नेपाल भ्रमणका क्रममा उनले नेपालको पर्यटन, उर्जा र यातायात क्षेत्रमा लागनी गर्ने ईच्छा व्यक्त गरेको बताइन्छ ।

तलाल राजाको नातामा भतिज पर्छन् किङडम होल्डिङबाहेक उनको ट्वीटर,  लिफ्टजस्ता कम्पनीहरुमा सेयर रहेको छ । अहिले भने उनी आफ्नो होटलको भुईमा एउटा डसना र ब्लयाङ्केटमा सुत्न बाध्य बनेका छन् । डेली मेलमा प्रकाशित एउटा तस्विर पक्राउ परेका राजकुमारहरुको भएको दाबी गरिएको छ ।

उनीहरु पक्राउ परेपछि शनिबार रिट्ज कार्लटन होटल खाली गर्न लगाइउको थियो । यस खबर बाहिर आएपछि राजकुमारहरुलाई भीआइपी सुविधा दिइने अनुमान गरिएको थियो । तर, बाहिर आएको यो तस्विरले हालत अर्कै रहेको देखाएको छ । यता, ट्रम्पले भने राजकुमार सलमानको पछिल्लो अभियानको स्वागत गरेका छन् । पक्राउ परेका राजकुमारहरुले देशलाई लामो समयदेखि लुटिरहेको उनले आरोप लगाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस