म्याग्दीमा गाडी पल्टिँदा १४ जना घाइते

सफल खबर संवाददाता

विहीबार, २३ असोज २०८२, ०८ : ३६
म्याग्दीमा गाडी पल्टिँदा १४ जना घाइते

म्याग्दी । म्याग्दीमा गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

बुधबार बेनी नगरपालिका–९ घतान तुसारेपानीमा ग.२ च ५९३० नम्बरको बोलेरो दुर्घटनामा परेको हो। 

रघुगङ्गा गाउँपालिका–८ कुइने खानीबाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको बोलेरो सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। दुर्घटनामा घाइते भएका केहीको सरकारी अस्पताल बेनीमा उपचार भइरहेको छ। 

घाइतेमध्ये कुइनेखानीका पूर्ण छन्त्याल, रीता छन्त्याल, नन्दा छन्त्याल र बिना छन्त्याललाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको छ। 

ओरालोमा ब्रेक फेल भएर गाडी दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनापछि गाडी चालक चन्द्र पुर्जालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए।

जीप सडकबाट करिब ११० मिटर तल खसेको छ। बोलेरोमा भित्र र बाहिर गरी १५ जना सवार थिए। चालकले ब्रेक फेल भएर दुर्घटना भएको बताएका छन्। 

प्रतिक्रिया दिनुहोस