काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले सुदन किरातीलाई पार्टीमा कुन पद दिने भन्ने विषयमा आधिकारिक निर्णय भइनसकेको बताएका छन्।
श्रम संस्कृति पार्टीको संसदीय दलका नेतासमेत रहेका साम्पाङले बिहीबार सामाजिक सञ्जालमा लेख्दै पदका विषयमा सुदनसँग मौखिम संवाद मात्र भएको जानकारी दिएका हुन्।
'सुदन किरातीज्यूलाई कुन पद दिने भन्नेबारेमा कुनै आधिकारिक निर्णय भएको छैन। मौखिक संवादसम्म भएको हो', उनले लेखेका छन्, 'एस ओर नोको अवस्था छैन। अफवाह फैलाउन र मिडिया ट्रायल गर्न छोडौँ।'
सुदन किराती गत बुधबार मात्र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी बाहिरिएका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ बैशाख २०८३, ०७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
प्लेकार्ड बोकेर आज पनि उभिए हर्क
संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोत्ने काम भयो: हर्क साम्पाङ
ट्राफिक प्रहरीको कारबाहीमा हर्क साम्पाङ
‘प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो भनाइ सच्याउनुपर्छ’- हर्क साम्पाङ