काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सम्पत्ति विवरणबारे आफ्नो नाममा केही नभएको बताएका छन् ।
उनले फेसबुकमार्फत आफ्नो सम्पत्ति विवरण छिट्टै सार्वजनिक गर्ने बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘मेरो बाउ बाजेले कमाएको पैतृक सम्पत्ति आमाको नाममा खोटाङ केपिलाश गढी २ चोखाने गाउँको पाखारेखा, खरबारी बाँस र उतीस घारी सहितको केही खेतबारी छ । गाउँ भिरालो पाखामा छ । त्यो पनि दाजु दिदीहरूले अंश लिएका छैनन् ।’
उनले आफ्नो नाममा जग्गाजमिन केही नभएको र सामान्य बैंक ब्यालेन्स तथा सुन मात्र रहेको प्रारम्भिक जानकारी दिएका छन् ।
जनस्तरबाट सम्पत्ति विवरण माग भएपछि उनले लेखेका छन्, ‘मेरो सम्पत्ति विवरण चाहिएको रहेछ, केही दिनपछि दिउँला । मेरो नाममा केही छैन । वैदेशिक रोजगारीबाट जोडेको ४–५ तोला सुन होला । बैंक ब्यालेन्स २–४ लाख होला, म सार्वजनिक गर्नेछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ बैशाख २०८३, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
प्लेकार्ड बोकेर आज पनि उभिए हर्क
संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोत्ने काम भयो: हर्क साम्पाङ
ट्राफिक प्रहरीको कारबाहीमा हर्क साम्पाङ
‘प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो भनाइ सच्याउनुपर्छ’- हर्क साम्पाङ