चितवन । गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्। उनलाई नेपाल प्रहरी शिक्षालयमा स्वागत गरिएको छ।
गृहमन्त्री गुरुङलाई स्वागत गर्न बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक रेग्मी, नेपाल प्रहरी शिक्षालयकी समादेशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तारादेवी थापा तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गोबिन्द पुरी लगायतका उच्च अधिकारी शिक्षालय पुगेका थिए।
मध्यरातमा भरतपुर आइपुगेका मन्त्री गुरुङले शिक्षालयको वस्तुस्थितिबारे जानकारी लिनुका साथै उपस्थित प्रहरी अधिकृतसँग संक्षिप्त कुराकानी गरेका थिए।
उनको यो भ्रमणलाई सुरक्षा निकायको मनोबल उच्च बनाउने र स्थानीय सुरक्षा अवस्थाको जानकारी लिने प्रयासका रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ चैत्र २०८२, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव