काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न संसद् भवन पुगेका छन्।
सिंहदरबारस्थित प्रतिनिधि सभाको बैठक कक्षमा निर्धारित कार्यक्रमअनुसार उनले केही समयपछि सम्बोधन गर्ने कार्यतालिका रहेको छ। सोही प्रयोजनका लागि राष्ट्रपति संसद् परिसरमा उपस्थित भएका हुन्।
आज राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य हुने तय भइसकेको सन्दर्भमा राष्ट्रपतिले त्यसअघि संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन्। यसअघि चैत २४ गते बसेको मन्त्रिपरिषद्को सिफारिसका आधारमा अधिवेशन अन्त्य गर्ने निर्णयसमेत भइसकेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ चैत्र २०८२, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्की र संघीय संसद्का दुवै सदनका प्रमुखबीच भेटवार्ता
संसद्मा आज पनि नीति तथा कार्यक्रममाथि छलफल जारी रहने
संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम शुक्रबार पेस हुने
संघीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदै