भूमि मन्त्री रावलद्वारा सहकारी पीडितसँग छलफल सुरु

सफल खबर संवाददाता

विहीबार, १९ चैत्र २०८२, १३ : १०
भूमि मन्त्री रावलद्वारा सहकारी पीडितसँग छलफल सुरु

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेकी छिन्।

साना बचतकर्ताहरूलाई सय दिनभित्र रकम फिर्ता गराउने सरकारी लक्ष्य सार्वजनिक भएको सन्दर्भमा उनले पीडितहरूसँग संवाद अघि बढाएकी हुन्।

मन्त्रालयका अनुसार आज बिहानदेखि देशका विभिन्न सहकारी संस्थाका पीडितहरू मन्त्रालयमा भेला भई आफ्ना समस्या र गुनासा प्रस्तुत गरिरहेका छन्। लामो समयदेखि बचत फिर्ता नपाएका सर्वसाधारणले प्रत्यक्ष रूपमा आफ्नो अवस्था राख्ने अवसर पाएका छन्।

छलफलका क्रममा मन्त्री रावलले सहकारी पीडितका मुद्दालाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गरेकी छिन्। ‘पीडितहरूको सम्बोधन कसरी प्रभावकारी रूपमा गर्ने भन्ने विषयमा मन्त्रालय गम्भीर छ,’ उनले भनिन्। उनका अनुसार सहकारी क्षेत्रमा देखिएका समस्याको समाधानका लागि चरणबद्ध रूपमा काम अघि बढाइएको छ र विशेष गरी साना बचतकर्तालाई राहत दिने उपायमा ध्यान केन्द्रित गरिएको छ।

प्रतिक्रिया दिनुहोस