स्वास्थ्यमन्त्री बन्दै निशा मेहेता

सफल खबर संवाददाता

शुक्रबार, १३ चैत्र २०८२, ११ : ३७
स्वास्थ्यमन्त्री बन्दै निशा मेहेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा निशा मेहेतालाई नियुक्त गर्ने तयारी भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकी मेहेतालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको हो ।

इनरुवाकी मेहता पेसागत रूपमा नर्स हुन् । स्वास्थ्य सेवामा सक्रिय रहे पनि रास्वपाको स्थापनाकालदेखि नै साधारण सदस्यता लिएर पार्टीसँग आबद्ध थिइन् ।

प्रतिक्रिया दिनुहोस