एजेन्सी । विश्वभर ऊर्जा ढुवानीका लागि महत्त्वपूर्ण मार्ग होर्मुज स्ट्रेट खुला गर्न अमेरिकाले दबाब दिइरहेका बेला इरानले मित्र राष्ट्रहरूका लागि यो खुलै रहेको बताएको छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले चीनलगायत मित्र राष्ट्रहरूलाई होर्मुज मार्ग उपलब्ध गराइरहेको बताएका हुन्।
बीबीसीका अनुसार उनले भनेका छन्, ‘हामी चीन, रुस, भारत, इराक र पाकिस्तानजस्ता मित्र राष्ट्रहरूलाई स्ट्रेट अफ होर्मुजको बाटो उपलब्ध गराइरहेका छौँ।’
इजरायल र अमेरिकाले आक्रमण गरेयता यो मार्ग बन्द गरिएको र यसबाट आउजाउ गर्ने केही जहाजमा हमला भएको रिपोर्ट आइरहेका बेला इरानले मित्र राष्ट्रका लागि यो खुला नै रहेको जानकारी दिएको हो।
यो समुद्री मार्गमा अवरोधले विश्वका धेरै देशमा तेल र ग्यासको अभाव भएको छ भने निरन्तर मूल्य बढिरहेको छ।
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता निरन्तर युद्ध जारी छ।
यसबिच युद्ध अन्त्यका लागि अमेरिकाले १५ बुँदे प्रस्ताव पठाए पनि इरानले अस्वीकार गरेको छ भने अहिले वार्ता गर्ने कुनै मनसाय नरहेको बताएको छ।
उता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानका नेता आफूहरूसँग वार्तामा रहेको तर उनीहरू यो कुरा भन्न डराइरहेको दाबी गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ चैत्र २०८२, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानसँग बेल्जियमको गोलरहित बराबरी
न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुंगियो
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी
भारतीय जहाजमाथि अमेरिकी आक्रमण, तीन नाविकको मृत्यु भएपछि इरानको कडा प्रतिक्रिया
इरानद्वारा स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गर्ने घोषणा