एजेन्सी । अमेरिकाले आफ्नो सेनाले सिरियामा इस्लामिक स्टेट (आईएस) विरुद्ध 'ठूलो सैन्य आक्रमण' सुरु गरेको बताएको छ।
यो कारबाही त्यहाँ तैनाथ अमेरिकी सेनामाथि भएको घातक आक्रमणको प्रतिक्रियामा गरिएको अमेरिकाको भनाइ छ।
अमेरिकाका रक्षा सचिव पिट हेगसेथले भने, 'अपरेसन हकआई स्ट्राइकको उद्देश्य आईएस लडाकु, उनीहरूका पूर्वाधार र हतियार भण्डार नष्ट गर्नु हो।'
अमेरिकी अधिकारीहरूले सीबीएस न्युजलाई बताएअनुसार मध्य सिरियाका धेरै स्थानलाई लक्ष्य गर्दै हमलामा लडाकु जेट, हेलिकप्टर र तोपखाना प्रयोग गरिएको थियो।
अमेरिकाले हमलामा जोर्डनी विमानहरू पनि संलग्न रहेको बताएको छ।अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आईएसको गढहरूमा 'धेरै बलियो' आक्रमण गरिरहेको बताएका छन्।
यो कारबाही डिसेम्बर १३ मा सिरियाली सहर पालमिरामा आईएसको आक्रमणपछि गरिएको हो, जसमा दुई अमेरिकी सैनिक र एक अमेरिकी नागरिक दोभाषेको मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ पुस २०८२, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति
तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ
भन्सार छलीका सामान छापा मार्न गएको एपीएफको टोलीमाथि आक्रमण, ३ जना घाइते
फुटबल मैदानमा बन्दुकधारीको आक्रमण : ११ जनाको मृत्यु
अमेरिकी सेनाले सिरियामा गर्यो आईएसविरुद्ध ‘ठुलो आक्रमण’