काठमाडौँ । जेन्जी आन्दोलनकी अगुवा रक्षा बमले आन्दोलनसँग जोडिएका घटनाबारे सत्य तथ्य सार्वजनिक गर्न र आफूहरुमाथि लागेका आरोपको जवाफ दिन प्रधानमन्त्रीसँग माग गरेकी छन् ।
हालै जेन्जी घाइतेहरुको आक्रोशको निशानामा परेपछि फेरि चर्चामा आएकी बलमे प्रधानमन्त्रीलाई सम्बोधन गर्दै सार्वजनिक वक्तव्य जारी गरेर आफूले जीवनभर गलत आरोपको सामना गर्न पर्ने अवस्था आउन नदिन समेत आग्रह गरेकी छन् ।
उनले पछिल्लो समय सडक र सामाजिक सञ्जालमा आफूहरूमाथि गम्भीर आरोप र दुर्व्यवहार भइरहेको भन्दै त्यसप्रति सरकार मौन बस्न नहुने उनले बताएकी छन् ।
उनले आन्दोलनमा संलग्न व्यक्तिहरूमाथि विभिन्न आरोप लगाइँदै आएको उल्लेख गर्दै ती आरोपहरूको सत्यता प्रस्ट पार्न गौरीबहादुर कार्की आयोगको आधिकारिक प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेकी छन् ।
‘हामीमाथि लागेका प्रश्नहरूको जवाफ अब व्यक्तिगत रूपमा दिन सम्भव छैन, सरकारले नै प्रतिवेदनमार्फत स्पष्ट पार्नुपर्छ,’ वक्तव्यमा भनिएको छ ।
बमले आन्दोलन कसरी हिंसात्मक बन्यो, गोली चलाउने आदेश कसले दियो र सिंहदरबारमा आगजनी कसरी भयो भन्नेबारे निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ चैत्र २०८२, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अब बन्ने सरकारले शपथअघि जेन–जी आन्दोलनजस्तो घटना दोहोरिन नदिने संकल्प गरोस्ः रक्षा बम
गृहमन्त्रीको राजीनामा चाहँदैनौँ : रक्षा बम
विद्यार्थीहरूमाथि गोली बर्षाउनेले अझै पनि चुट्किला सुनाएर दुनियाँ हँसाइरहेको छ : बम