काठमाडौं । प्रतिनिधिसभामा अब २३५ जना नयाँ अनुहारका सांसद हुनेछन् । कुनै न कुनै बेला प्रतिनिधिसभामा पुगेका र अनुभव लिएका पूराना सांसद भने ४० जना मात्रै देख्न पाइनेछ । २०४८ यताका चुनावमा कुनै न कुनै रुपमा चुनाव लडेका, जितेका र संसदमा पुगेका ४० जना नेताहरुमात्रै यसपटक प्रतिनिधिसभाको अनुभव लिएका नेताहरु संसदमा हुनेछन् ।
त्यसबाहेकका अन्य सबै जसो यसपटक नयाँ सांसदहरु संसदमा देखिनेछन् । प्रत्यक्ष तर्फ १६५ मा ३१ र समानुपातिक तर्फका ११० जनामा ९ जना मात्रै पहिले पनि सासद भईसकेका नेताहरु छन् । यस हिसावले कुल २७५ मा ४० जना मात्रै पूराना र बाँकी २३५ जना नयाँ अनुहार प्रतिनिधिसभामा पुगेका छन् । ८५ दशमलव ४५ प्रतिशत संसदमा नयाँ सांसद हुनेछन् । ती सबै पहिलो पटक प्रतिनिधिसभामा हुनेछन् । १४ दशमलव ५४ प्रतिशत मात्रै यस अगाडी पनि प्रतिनिधिसभामा पुगेका सांसद हुनेछन् ।
एमालेबाट ११ जना पूराना र १४ जना नयाँ सांसद हुनेछन् । रास्वपाबाट १४ जना पूराना र १६८ जना नयाँ सांसद हुनेछन् । १६८ मध्ये ४ जना भने प्रदेश सभाको भने अनुभव भएका नेता सांसद छन् ।
कांग्रेसबाट ८ जना पूराना र ३० जना नयाँ अनुहार प्रतिनिधिसभामा हुनेछन् ।
नेकपाबाट ६ जना पूराना र ११ जना नयाँ अनुहार संसदमा हुनेछन् । जसमध्ये १ जनासँग भने प्रदेश सभाको अनुभव भने छ । र राप्रपाबाट १ जना पूराना र बाँकी ४ जना नयाँ सांसद हुनेछन् ।
श्रम सस्कृतिको भने ७ जना नै प्रतिनिधिसभाका लागि नयाँ अनुहार हुन् । यसपटकको प्रतिनिधिसभामा रास्वपाको १८२, कांग्रेसको ३८, एमालेको २५, नेकपाको १७, श्रम सस्कृतिको ७, राप्रपाको ५ र स्वतन्त्र १ को समिकरणसहितको संसद हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ चैत्र २०८२, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
कानुनको शासन र शक्ति पृथकीकरणमा संवेदनशील हुन सरकारलाई रास्वपा सांसदको सुझाव
एमाले सांसदको प्रश्न- मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा अहिले खोइ ?
रास्वपाका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सुरु
सरकार ‘रुल अफ ल’ भन्दा ‘रुल बाइ ल’ तर्फ उद्धतः सांसद गुरुङ
लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र सुशासन प्राथमिकतामा