काठमाडौँ । ट्राफिक प्रहरीले एकै दिन दुई हजार २५ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गरेको छ ।
कारबाहीबाट राज्यकोषमा रु १० लाख ४८ हजार पाँच सय राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
मादकपदार्थ सेवन गरेका १००, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १६५ जनालाई कारबाही ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार लेन’ अनुशासन पालना नगर्ने ५८, निषेधित क्षेत्रमा हर्न बजाउने १०९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १०५, एकतर्फी सडकमा सवारी चलाउने ११७ र अन्य सवारी नियम पालना नगरेका एक हजार १२८ गरी कुल दुई हजार २५ जनालाई कारबाही गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ असार २०८३, ०९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्राफिक कारबाहीबाट १८ लाख ८१ हजार राजस्व संकलन
ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख बढी राजस्व सङ्कलन
ट्राफिक कारबाहीबाट एकैदिन पाँच लाख बढी राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा छ लाख ४४ हजार राजस्व सङ्कलन