काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक प्रतिनिधि सभा सदस्यहरूको नामावली सार्वजनिक भएपछि पार्टीको कोशी प्रदेश नेतृत्व तहबाट असन्तुष्टि व्यक्त भएको छ।
कोशी प्रदेशकी कार्यवाहक अध्यक्ष गोमा तामाङ ‘सरिन’ले पार्टीले केन्द्रबाट पठाएको सूचीले प्रदेशको भौगोलिक विविधता तथा जातीय प्रतिनिधित्वलाई पर्याप्त रूपमा समेट्न नसकेको टिप्पणी गरेकी छन्। उनले यस विषयलाई गम्भीर रूपमा नलिए संगठनात्मक रूपमा आगामी दिनमा असर पर्न सक्ने चेतावनीसमेत दिएकी छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै तामाङले कोशी प्रदेशको सन्दर्भमा पहाडी भूगोललाई बेवास्ता गर्न नहुने सुझाव आफूले यसअघि नै दिएको उल्लेख गरेकी छन्। योग्य व्यक्तिलाई प्राथमिकता दिने भनाइ भए पनि केही सम्भावित नाम सूचीमा नपरेकोप्रति उनले प्रश्न उठाएकी छन्।
उनका अनुसार ओखलढुंगाकी शोभा कार्की, खोटाङकी गायिका सत्यकला राई तथा ताप्लेजुङकी मीरा लाबुङजस्ता व्यक्तिहरूलाई समावेश नगरिनु उचित नभएको उनको धारणा छ। पार्टी निर्माणका क्रममा सक्रिय भूमिका खेलेका व्यक्तिहरूलाई प्राथमिकता नदिइनु दुर्भाग्यपूर्ण भएको उनको टिप्पणी छ।
तामाङले केन्द्रीय नेतृत्वसँग नजिक रहेका व्यक्तिहरूले सूची निर्माणका क्रममा पर्याप्त ध्यानाकर्षण गराउन नसक्नु पनि खेदजनक रहेको बताएकी छन्।
गत निर्वाचनमा सुनसरी-१ बाट उम्मेदवार बनेकी तामाङ स्वतन्त्र उम्मेदवार हर्क साम्पाङसँग पराजित भएकी थिइन्। यसअघि प्रदेश अध्यक्ष रहेका राजेश तिम्सिनामाथि कारबाही भएपछि उनले कोशी प्रदेशको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ चैत्र २०८२, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाका नवनिर्वाचित सांसदहरूलाई विशेष प्रशिक्षण दिइने
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?
रास्वपाको सचिवालय बैठक भोलिलाई सारियो
रास्वपा सचिवालय बैठक आज बस्दै
विधान संशोधनपछि संसदीय दलको नेता चयन गर्ने रास्वपाको तयारी