काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय सभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको छ । काँग्रेस राष्ट्रिय सभाका बहालवाला र नवनिर्वाचित सदस्यहरूको आज बसेको बैठकले सो निर्णय गरेको हो ।
काँग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको उपस्थितिमा भएको बैठकले गत माघ ११ गते काँग्रेसको तर्फबाट निर्वाचित सदस्यहरूलाई स्वागत गरेको थियो ।
मुलुकको समसामयिक राजनीतिक परिस्थितिकाबारे छलफल गर्दै बैठकले आगामी दिनमा जनताको भावना अनुरूप दलको तर्फबाट राष्ट्रिय सभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको प्रमुख सचेतक कृष्णबहादुर रोकायले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ फागुन २०८२, १७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस
काँग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकका लागि आज अन्तिम समय सीमा
पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण