काठमाडौं । इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने चेतावनी दिएको छ । तेहरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्ने प्रस्ताव अस्वीकार गरेको जनाएको छ।
अलजजिराका अनुसार तेहरानका उच्च अधिकारीहरूले हालको परिस्थितिमा अमेरिकाले दबाब सिर्जना गरेर वार्ता थोपर्न खोजिरहेको आरोप लगाएका छन्। उनीहरूले सैन्य आक्रमण र धम्की जारी रहँदासम्म कुनै पनि प्रकारको वार्तामा बस्ने सम्भावना नरहेको स्पष्ट पारेका छन्।
इरानी नेतृत्वले यदि अमेरिकाले आफ्नो आक्रमण जारी राखे इरानले ‘शक्तिशाली र उन्नत मिसाइल’ प्रयोग गरेर जवाफी कारबाही गर्ने चेतावनी दिएको बताइएको छ। उनीहरूले इरान आफ्नो सुरक्षा र सार्वभौमिकताको रक्षा गर्न सक्षम रहेको दाबी गरेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २६ फागुन २०८२, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
इरानसँग प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको राष्ट्रपति ट्रम्पको घोषणा
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण