काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेन जेड आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनको अध्ययनपछि मन्त्रिपरिषदमा पेश गरिने बताएकी छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा प्रतिवेदन ग्रहण गर्दै उनले उक्त दस्ताबेजको अध्ययन आफू र गृहमन्त्रीले संयुक्त रूपमा गर्ने र त्यसपछि मन्त्रिपरिषदमा प्रस्तुत गरिने जानकारी दिएकी हुन्।
अध्ययनपछि आवश्यक निर्णय तथा कार्यान्वयनसम्बन्धी प्रक्रिया अघि बढाइने उनले उल्लेख गरिन्। गत भदौ २३ र २४ गते भएका जेन जेड आन्दोलनसँग सम्बन्धित घटनाक्रमको छानबिन गर्न गठित आयोगले आफ्नो प्रतिवेदन सरकारसमक्ष बुझाएको हो।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उक्त आयोगले घटनासम्बन्धी तथ्य, क्षति तथा सुधारका सिफारिसहरू समेटेर प्रतिवेदन तयार गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ फागुन २०८२, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनको मागहरू नयाँ सरकारले पूरा गरोस् : प्रधानमन्त्री कार्की (पूर्णपाठ)
राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की
असामान्य परिस्थितिमा पनि निर्वाचन गर्न सफल भएकोमा प्रधानमन्त्री कार्कीद्वारा खुसी व्यक्त
प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको शिष्टाचार भेट
प्रधानमन्त्री कार्कीद्वारा जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजा अर्चना
कर्णाली भ्रमणमा प्रधानमन्त्री कार्की