एजेन्सी । संयुक्त राष्ट्रसंघका लागि चिनियाँ स्थायी प्रतिनिधि फु कोङले इरानमाथि अमेरिका र इजरायलले गरेको सैन्य आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालीन बैठकलाई सम्बोधन गर्दै कोङले नागरिक सुरक्षाका लागि तय गरिएको 'रेड लाइन' नाघिएको बताए।
आफ्नो सम्बोधनका क्रममा चिनियाँ राजदूत कोङले आक्रमणमा सर्वसाधारणको हताहती भएको खबरप्रति दुःख व्यक्त गर्दै सैन्य शक्तिको अन्धाधुन्ध प्रयोग अस्विकार्य रहेको स्पष्ट पारे। उनले यस क्षेत्रमा तनाव थप बढ्न नदिन र परिस्थितिलाई भयावह हुनबाट जोगाउन तत्काल सैन्य कारबाही रोक्न माग गरेका छन्।
'कुनै पनि सशस्त्र द्वन्द्वका बेला नागरिकको सुरक्षाका लागि निर्धारण गरिएको रेड लाइनलाई कुनै पनि हालतमा उल्लंघन गर्नु हुँदैन,' राजदूत कोङले भने, 'अन्तर्राष्ट्रिय कानुन र मानवीय कानुन अन्तर्गतका दायित्वहरू पूरा गर्नु सबै पक्षको जिम्मेवारी हो।'
उनले मध्यपूर्वमा शान्ति र स्थिरता कायम गर्नका लागि चीन अन्तर्राष्ट्रिय समुदायसँग मिलेर एकजुट भई प्रयास गर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १७ फागुन २०८२, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुंगियो
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी
भारतीय जहाजमाथि अमेरिकी आक्रमण, तीन नाविकको मृत्यु भएपछि इरानको कडा प्रतिक्रिया
इरानद्वारा स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गर्ने घोषणा
अमेरिकी हेलिकप्टर खसालेपछि इरानमाथि अमेरिकाको जवाफी आक्रमण