एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो क्षेत्रमा इरानद्वारा गरिएका पछिल्ला आक्रमणहरूको कडा शब्दमा निन्दा गरेको छ। युएईले यस कार्यलाई राष्ट्रिय सार्वभौमसत्ताको ठाडो उल्लंघन र अन्तर्राष्ट्रिय कानुनको विपरीत भएको बताएको छ।
सामाजिक सञ्जाल 'एक्स' मार्फत एक आधिकारिक धारणा सार्वजनिक गर्दै युएईले इरानको प्रतिशोधात्मक प्रहारलाई खतरनाक कदम र कायरतापूर्ण कार्य को संज्ञा दिएको छ।
यस्ता गतिविधिले सर्वसाधारणको सुरक्षामा गम्भीर खतरा उत्पन्न गर्ने र क्षेत्रीय स्थिरतालाई धराशायी बनाउने युएईको ठहर छ। युएईको रक्षा मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार, इरानले प्रहार गरेका १३७ वटा ब्यालिस्टिक मिसाइल र २०९ वटा ड्रोनहरूलाई युएईका रक्षा बलले सफलतापूर्वक बीचैमा निष्क्रिय पारेका छन्। यद्यपि, केही ड्रोनहरू भने देशको जमिन र जलक्षेत्रमा खसेका थिए।
मन्त्रालयका अनुसार खसेका ती १४ वटा ड्रोनका कारण केही भौतिक क्षति भएको छ। वर्तमान सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै युएईको रक्षा मन्त्रालयले आफ्ना सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा राखेको जनाएको छ। मन्त्रालयले कुनै पनि किसिमका बाह्य खतराहरूसँग जुध्न र देशको रक्षा गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको समेत स्पष्ट पारेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १७ फागुन २०८२, ०७ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
भारतीय दूतावासद्वारा आफ्ना नागरिकहरूलाई इरानको यात्रा नगर्न आग्रह
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
स्ट्रेट अफ होर्मुज पार गर्न खोजे आक्रमण हुन्छ: इरान
इरानले माग्यो ५ देशसँग युद्धमा भएको क्षतिको भरपाई
अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन