काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को चुनावमा नेकपा पहिलो पार्टी बनेर देशको नेतृत्व सम्हाल्ने दाबी गरेका छन्।
नुवाकोट-काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै युद्धस्तरमा चुनावी अभियानमा खट्न निर्देशन दिए। उनले आफूहरूले देशको समस्या समाधान गर्नको लागि सुरुको दिनदेखि नै निर्वाचनको हुनुपर्ने अडान राखेको बताए।
उनले भने, ‘आज सबै राजनीतिक दल निर्वाचनमा होमिएका छन्, अब सर्वदलीय सरकार, संसद् पुनर्स्थापनाका कुरा हराए। यसमा नेकपाले लिड गर्यो। र देश नै नेकपाको लाइनमा आएको छ।’
उनले एमालेसँग १० सीटमा चुनावी तालमेल हुन लाग्यो भनेर प्रचार गरिएको त्यसमा सत्यता नभएको बताए। एक्लै अग्निपरीक्षामा होमिएको भन्दै निर्वाचन निष्पक्ष भए एक नम्बरको पार्टी बन्न कसैले रोक्न नसक्ने दाबी गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ फागुन २०८२, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ महिनाभित्र नेकपाको महाधिवेशन गर्ने प्रचण्डको लक्ष्य
सरकारले संविधानमाथि छेडखानी गर्न खोजे प्रतिवादमा उत्रिन्छौँः प्रचण्ड
उपसभामुखमा हाम्रो दाबी रहन्छ : प्रचण्ड
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’