काठमाडौं । अबको ६ दिन पछि फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा नेकपा एमालेले आफनो पार्टीका शीर्ष नेताहरु जिताउन नेपाली कम्युनिष्ट पार्टी (नेकपा)सँग निरन्तर राखेको सहकार्य प्रस्ताव नेकपाले अश्वीकार गरेको छ ।
दुवै पार्टीका केही शीर्ष नेताहरुलाई जिताउन एक अर्काे क्षेत्रमा चुनावी तालमेल गर्ने नेकपा एमालेको प्रस्ताव थियो । एमालेले नेपाली कम्युनिष्ट पार्टीसँग यस्तो प्रस्ताव चुनावको उम्मेदवारी दर्ता अगाडी देखि अहिलेसम्म निरन्तर राखिरहेको छ । सुरुमा एमालेले कांग्रेससँग पनि यस्तो सहकार्य प्रस्ताव राखेको थियो ।
कांग्रेसमा शेरवहादुर देउवा पार्टी सत्तामा रहेको भए कांग्रेस र एमाले गठबन्धन बनाएर प्रतिनिधिसभा चुनावमा जाने तयारी थियो । तर कांग्रेसभित्र गगन थापाले विशेष महाधिवेशन गरेर पार्टी शत्तामा आफनो कब्जा जमाएपछि ओलीको योजनामा व्रेक लागेको थियो ।
त्यसपछि उसले नेपाली कम्युनिष्ट पार्टी लगायत अन्य राजनीतिक शक्तिहरुसँग चुनावी सहकार्यको प्रस्ताव अगाडी बढाएको थियो । तर नेकपाले एमाले अध्यक्ष ओलीको अहंम र ‘षडायन्त्रकारी’ योजनामा सहमत नजनाई सिधै सहकार्य प्रस्ताव अश्वीकार गरिदिएको नेकपाका एक शीर्ष नेताले बताएका छन् ।
ओलीले प्रचण्डसँग आफैं भेटेर र आफु निकट नेता तथा विभिन्न् सूत्रमार्फत पनि अझै सहकार्य प्रस्ताव अगाडी बढाईरहेकै छन् । तर नेकपाले ओलीको त्यस्तो प्रस्चावलाई अहिले चासो दिएको देखिएको छैन । नेकपाले पार्टी विभिन्न वाम शक्तिहरु बीचको एकताले बलियो बनेको र विगतमा आफुले सरकारको नेतृत्वमा बसेर भष्टाचारका फाइल खोल्दै गर्दा कांग्रेससँग मिलेर रातारात सरकार ढालेको बुझेको नेकपाले एमालेसँगको सहकार्य गर्न नसकिने बताएको हो ।
ओलीसँग सहकार्य गर्दा अहिले पार्टीमा आउन थालेको लहरमा समेत धक्का लाग्न सक्ने देखेर एमाले प्रस्ताव अश्वीकार गदै एक्लै चुनावमा होमिएको हो । नेकपाको बाग्लुङ १ मा बाहेक अन्यत्र १६४ ओटै निर्वाचन क्षेत्रमा आफनो पार्टीको उम्मेदवार छ । नेकपाले यसपटकको चुनाव बाग्लुङको एउटा निर्वाचन क्षेत्रमा बाहेक अन्य सवै निर्वाचन क्षेत्रमा आफ्नै बलवुताले लड्ने प्रष्ट पारेको छ ।
नेकपाका संयोजक प्रच्ण्डले बिहिबार पनि पत्रकार सम्मेलन गरेर आफनो पार्टीको कुनै पार्टीसँग अहिले सहकार्य, चुनावी गठबन्धन वा तालमेल केही नरहेको र नहुने प्रष्ट पारेका थिए ।
अहिलेको चुनावमा नेकपा एमालेका अध्यक्ष केपी ओली झापा ५, उपाध्यक्ष विष्णु पौडेल रुपन्देही २, महासचिव शंकर पोखरेल दाङ २ मा कडा दवावमा छन् । पार्टी शीर्ष नेताहरु नै दवावमा परेपछि एमालेले नेकपासँग मिल्ने ठाँउसम्म सहकार्य गर्न प्रस्ताव गरेको स्रोतको भनाई छ ।
मंगलबार र बुधबार नेकपासँग एमालेले तालमेल गर्ने गरी प्रस्ताव सूत्रमार्फत पठाएको थियो । तर त्यस्तो प्रस्ताव प्रचण्डले सिधै अश्वीकार गरिदिएको नेकपा स्रोतले बताएको छ ।
झापामा ओली नेकपा उम्मेदवार रन्जित तामाङको उम्मेदवारी स्थगन गरी आफुलाई साथ खोजिरहेका छन् । तर ओलीको त्यस्तो प्रस्ताव आउने वित्तिकै प्रचण्डले आफना उम्मेदवार रन्जित तामाङलाई निर्धक्कसँग आफनो चुनावी प्रतिस्पर्धामा उत्रन टेलिफोन नै गरेका छन् । त्यक्तिमात्रै होइन, बिहिबार दिउँसो प्रचण्डले पत्रकार सम्मेलन गरेर आफनो पार्टी बाग्लुङको एउटा निर्वाचन क्षेत्रमा बाहेक अन्यत्र कुनै पार्टीसँग पनि चुनावी तालमेलमा नरहेको प्रष्ट पारेका छन् ।
कुनै राजनीतिक दल तथा सामाजिक सन्जालहरुले चुनावको मुखमा भ्रम सिर्जना गर्ने गरी प्रचार गरेको देखिएपनि त्यस्तो कोही कसैसँग नेकपाको गठबन्धन वा चुनावी तालमेल नरहेको प्रचण्डले प्रष्ट बनाएका छन् ।
‘हामी आफ्नै पार्टी र जनताको बलमा चुनावमा गएका छौं, कोही कसैले भ्रम र दुविधा नपाले हुन्छ,’ प्रचण्डले पत्रकार सम्मेलनमा भने ‘पहिलो दिनदेखि नै हामीले स्पष्ट पारिसकेका छौं कि हामी कुनै पनि गठबन्धन बनाउँदैनौं । हामी आफ्नै बलवुताले निर्वाचन लड्छौं । त्यही अनुसारको परिणाम पनि ल्याउँछौं ।’
नेकपाले चुनावी तालमेलको प्रस्तावमा सकारात्मक जवाफ नदिएपछि अहिले एमाले लरबरिएको छ । भदौ २३ को जेन–जी आन्दोलनलाई दमन गर्ने ओली प्रवृत्ति र भदौ २४ को विध्वंस गर्ने बालेनहरुको अतिवादी प्रवृत्तिविरुद्ध नेकपाले संर्घष गदै आएको बताईरहेको छ । त्यही कुराको संकेत पनि प्रचण्डले गरेका छन् ।
‘भदौ २३ गते युवाहरुमाथि निर्ममतापूर्वक हत्या गर्ने एउटा अतिवादी प्रवृत्ति अहंकार, दम्भ । दुई तिहाई छ भन्ने अहंकारले भ्रष्टाचारलाई पनि संरक्षण गर्ने र युवाहरुहरुको आवाजलाई बलपूर्वक दमन गर्ने जो प्रवृत्ति देखियो, त्यो अहंकार र दम्भको प्रवृत्तिचाहिँ अहिले पनि यो निर्वाचन प्रक्रियामा पनि छ । अहिलेसम्म पनि आत्मसमीक्षा गर्न त्यो प्रवृत्ति तयार भएको छैन,’ प्रचण्डले भने, ‘अर्को अतिवादी प्रवृत्ति देखापरेको छ ।
भदौ २४ गते जेन–जी आन्दोलनभित्र घुसपैठ गरेर त्यसलाई अपहरण गरेर जसरी सिंहदरबारदेखि देशका सबै धरोहरु सर्वोच्च अदालत, संसद् भवनदेखि प्रहरीका कार्यालय, लोकतन्त्र र गणतन्त्रको निम्ति लडेका पार्टीहरुका पार्टी कार्यालय, नेताहरुका निवाससम्म जलाउने जो काम भयो । यी दुइटा अतिवादी प्रवृत्तिका विरुद्ध हामी सुरुदेखि नै संघर्षमा छौं ।’
प्रचण्डले नेपालको राजनीतिमा परिपक्व राजनीति आवश्यक रहेको र त्यसको नेतृत्व नेकपाले मात्र गर्नसक्ने बताएका छन् । प्रचण्डको यो भनाईले पनि देखाउँछ नेकपा एक्लै चुनावमा प्रतिस्पर्धा गरेर आफनो पक्षमा जित निकाल्ने योजनामा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ फागुन २०८२, १० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीबीसी डकुमेन्ट्रीप्रति एमाले महासचिव पोखरेलको प्रतिक्रिया : भूराजनीतिक चलखेलको संकेत
एमाले पूर्वसांसद जानकी देवी नेकपा प्रवेश
एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप : आज दमक र गौरीगञ्जका १३ वटा टोलमा पुग्दै
एमाले छाडेकी निवर्तमान सांसद थपलिया रास्वपामा प्रवेश
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ
धैर्यतालाई कमजोरी नठान्न रास्वपालाई एमालेको चेतावनी