काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूलाई चितवन निर्वाचन क्षेत्र नम्बर ३ सँग जोडेर भइरहेको प्रचारबाजीप्रति आपत्ति जनाउनुभएको छ ।
आफू चितवन ३ मा केन्द्रित भएको भन्ने भनाइ गलत रहेको बताउनुभएको हो । दाहालले निर्वाचन प्रक्रिया शुरु भएदेखि आफू चितवन ३ मा नगएको स्पष्ट पार्नुभयो । चितवन ३ सँग आफूलाई अहिले जोड्नु भनेको आफू र नेकपाबाट चितवन निर्वाचन क्षेत्र नम्बर ३ की उम्मेदवार रेणु दाहालमाथि अन्याय हुने जिकिर गर्नुभयो । उहाँले आफूले कुनै वक्तव्य वा अन्तर्वार्ता नदिए पनि त्यहाँ स्वाभाविक रुपमा बहस चलिरहेको बताउनु भयो । रेणु दाहालले विगत ९ वर्षमा गरेको काम नै उहाँको प्रचारको मुख्य आधार भएको दाहालको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘नेपाली कम्युनिष्ट पार्टीको संयोजक चितवन ३ मा केन्द्रित भयो भन्नेकुरा बिल्कुल गलत कुरा भन्नुभयो तपाईले । म गएको पनि छैन निर्वाचन प्रक्रिया शुरु भएदेखि चितवन ३ मा । मैले वक्तव्य दिएर ल रेणुलाई जिताउन प¥यो पनि भनेको छैन । रेणु आफ्नै कर्मले, आफ्नै कामले स्थापित छिन्, परिचित छिन्, त्यो तपाईहरुलाई पनि थाहा छ । म न गएको छु, न वक्तव्य दिएको छु, न अन्तर्वार्ता दिएको छु, तर त्यहाँ चलिराख्या छ, बहस चलिराख्या छ । त्यो स्वभाविक रुपमा चलेको ठान्छु मैले । र रेणु दाहालले त्यहाँ ९ वर्षमा गरेको काम नै उनको लागि प्रचारको मुख्य आधार भएको कुरा मलाई लाग्छ तपाईहरुले देखिराख्नु भएको छ । त्यसकारण मलाई लगेर त्यहाँ जोड्नु जबर्जस्ती गलत हुन्छ । म माथि अन्याय हो, त्यो रेणु माथि पनि अन्याय हो । रेणुले गरेको कामप्रति पनि अन्याय हो भन्ने लाग्छ।’
दाहालले छोरी रेणुको राजनीतिक सफलतामा आफ्नो प्रत्यक्ष हस्तक्षेप नरहेको र उनी आफ्नै कार्यसम्पादनका आधारमा अघि बढिरहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ फागुन २०८२, २३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ महिनाभित्र नेकपाको महाधिवेशन गर्ने प्रचण्डको लक्ष्य
सरकारले संविधानमाथि छेडखानी गर्न खोजे प्रतिवादमा उत्रिन्छौँः प्रचण्ड
उपसभामुखमा हाम्रो दाबी रहन्छ : प्रचण्ड
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’