काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनका समसामयिक विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा पार्टीको रणनीति र पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिन उनले पत्रकार सम्मेलन गर्न लागेका हुन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो ३ बजे पत्रकार भेटघाट कार्यक्रम तय गरिएको छ। पार्टी केन्द्रीय कार्यालयका अनुसार उक्त कार्यक्रममा संयोजक प्रचण्डले सञ्चारकर्मीसँग प्रत्यक्ष संवाद गर्दै निर्वाचन केन्द्रित विभिन्न विषयमा प्रस्ट पार्नेछन्।
“निर्वाचनसम्बन्धी समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने उद्देश्यले संयोजक कमरेड प्रचण्डको उपस्थितिमा यो कार्यक्रम आयोजना गरिएको हो,” नेकपा केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
देशभर चुनावी सरगर्मी बढिरहेका बेला प्रचण्डले सार्वजनिक गर्ने धारणालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। पत्रकारलाई उक्त कार्यक्रमको समाचार संकलनका लागि निमन्त्रणासमेत गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ फागुन २०८२, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’