काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ पार्टीले उल्लेख्य सफलता हासिल गर्ने संकेत विभिन्न अध्ययन तथा विश्लेषणबाट देखिएको बताएका छन्।
उनका अनुसार हाल प्राप्त प्रारम्भिक आकलनले ६५ देखि ७० सिटसम्म प्रत्यक्षतर्फ जित हासिल हुन सक्ने अनुमान प्रस्तुत गरेको छ।
पार्टी मुख्यालय पेरिसडाँडामा वामपन्थी बुद्धिजीवीसँग भएको छलफलमा उनले निर्वाचन प्रतिस्पर्धा चार प्रमुख राजनीतिक शक्तिबीच केन्द्रित हुने अवस्था देखिएको उल्लेख गरे। निष्पक्ष र स्वच्छ निर्वाचन भए पार्टीको परिणाम अपेक्षाभन्दा सकारात्मक हुने धारणा राजनीतिक प्रतिद्वन्द्वीहरूबाट समेत व्यक्त हुन थालेको उनले बताए।
चार दलबीचको प्रतिस्पर्धात्मक अवस्थाले आफूहरू अग्रस्थानमा रहने सम्भावना रहेको उल्लेख गर्दै दोस्रो वा तेस्रो स्थान कसले लिने भन्ने अवस्था स्पष्ट नभएको उनको भनाइ थियो। निर्वाचनसम्म बाँकी अवधिमा थप सक्रिय रूपमा अभियान सञ्चालन गर्न सके पार्टीलाई थप लाभ पुग्ने उनले उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ फागुन २०८२, १७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’