काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वमन्त्री उमेश प्रसाद यादव जसपा नेपालमा प्रवेश गरेका छन् ।
मंगलबार जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूले यादवलाई पार्टीमा स्वागत गरेका हुन् ।
२०७० सालको संविधानसभा चुनावमा सप्तरी-३बाट विजयी भएका उमेश यादव २०७४ मा भने जसपा अध्यक्ष उपेन्द्र यादवसँगै पराजित भएका थिए । पछि ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उनी सिंचाइ मन्त्री बनेका हुन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ पुस २०८२, ११ : ४८
लेखकबाट थप