काठमाडौँ । जान्नेलाई छान्ने नारा दिएर आफुलाई बैकल्पिक राजनीतिक शक्तिको जिकिर गदैं आएको रास्वपाका सस्थापक नेताहरुले भने एकपछि अर्काे पार्टी छोड्ने लहर चलेको छ । बाहिर चुनावी लहर आफनो पक्षमा भएको भनी जतिसुकै प्रहसन देखाउन खोजेपनि रास्वपा भित्रभित्र मक्किन थालेको छ ।
पार्टी निर्माणका बेलाका महामन्त्री डा मुकुल ढकालले पार्टी छोडेपछि रास्वपामा कस्ता नेता कसरी अवसरका लागि थुप्रिन थालेका छन् भन्न्े विषयको रहस्योदघाटन हुन थालेको थियो । तर चुनावको मुखैमा आएर भने यसको झन पटाक्षेप भएको छ ।
चुनावको मुखमा संस्थापकहरू गुमाउँदै जानु र नयाँ अवसरवादीहरूको घेराबन्दी बढ्नु रास्वपाका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ ।
अपारदर्शी टिकट वितरण, टिकटमा धनाढ्यहरुको साम्राज्यले पनि रास्वपा कुन बाटो हिडिरहेको छ भन्ने प्रष्ट देखिएको छ । तर पनि रास्वपाले आम जनतालाई भ्रममा पार्ने गरी आफु वैकल्पिक शक्तिको खोक्रो दावी गरिरहेको रास्वपा छोडनेहरुले आरोप लगाईरहेका छन् ।
रास्वपाबाट समानुपातिक तर्फ सांसद नै बनिसकेका दुई महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरुले समेत रास्वपाभित्रको अपारदर्शी शैलीसँग सहमत नभई पार्टी नै छोडिदिएका थिए । पूर्वमन्त्री समेत रहेकी सुमना श्रेष्ठ र विघटित प्रतिनिधिसभामा रास्वपा प्रमुख सचेतक रहेका सन्तोष परियारसम्मले पनि रास्वपा छोडेका थिए ।
पार्टीभित्र रहेका अन्य नेताहरु पनि सभापति रवि लामिछाने, अहिले प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिएका बालेन शाहका कतिपय शैली र ब्यवहारसँग सहमत छैनन । तर पनि उनीहरु चुनावको मुखमा आउनसक्ने अवसरबाट बन्चित हुनसक्ने देखेर खुलेआम बोल्न सकिरहेका छैनन । तर जतिले बोले, उनीहरुले रास्वपाभित्रको अपारदर्शी राजनीतिको भण्डाफोर गदै पार्टी छोडेको घोषणा गरेका छन् ।
नुवाकोटमा २०७९ मा उम्मेदवार बनेका दुवै क्षेत्रका उम्मेदवारले पनि रास्वपा छोडद्ै छन् । फागुन १७ गते उनीहरु दुवै जना पूरानै पार्टी कांग्रेस फर्किने तयारीमा छन् । नुवाकोट १ मा प्रधुम्न महत र २ मा सुमन पाण्डेलाइृ २०७९ मा रास्वपाले उम्मेदवार बनाएको थियो । त्यसबेला पाण्डेले झण्डै १५ हजार बढी मत र महतले ५ हजार मत प्राप्त गरेका थिए । यी दुवै नेता रास्वपाको समाज समाजका बीचमा भडुवा राजनीति रहेको र झन् यसले मुलुकलाई अराजकतामा लैजाने अवस्था आउने भन्दै राजीनामाको यारी गरेका छन् ।
यसले चुनावको मुखमा नुवाकोट रास्वपालाई ठूलै झट्का लाग्ने देखिएको छ । नुवाकोट मात्र होइन, देशैभरबाट रास्वपा गठनका बेला भूमिका खेलेका सस्थापक नेताहरु क्रमशः रास्वपा र यसका नेताहरुलाई गहिरोसँग बुझेर बाहिरिन थालेका छन् । जसले पछिल्लो समय आफ्नै आधार रास्वपाको खस्किँदै जान थालेको छ । पार्टी स्थापना र संगठन निर्माणमा भूमिका खेलेका संस्थापक तथा प्रारम्भिक चरणका नेताहरू एकपछि अर्को गर्दै बाहिरिन थालेपछि रास्वपाको वैचारिक स्पष्टता, निर्णय प्रक्रिया र नेतृत्व शैलीमाथि गम्भीर प्रश्न उठ्न थालेका छन् ।
सुमना श्रेष्ठ, सन्तोष परियार मात्र होइन, रास्वपाकी संस्थापक सदस्य खेमकुमारी भुर्तेल ९उर्मिला० ले पनि पार्टी परित्यागको घोषणा गरेकी छन् । उनले पार्टीभित्र योग्यता र क्षमताभन्दा चाप्लुसी मौलाएको, निर्णयहरू आर्थिक अनियमितताबाट प्रेरित हुन थालेको र यसले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमा आँच पुर्याएको उल्लेख गरेकी छन् ।
‘नारामा महिला, व्यवहारमा उपेक्षा’
२०७९ सालको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनेका ११ महिलामध्ये मधेश प्रदेशकी एक्लो महिला उम्मेदवार रहेकी भुर्तेलले आफू पार्टी स्थापना कालदेखि नै रास्वपालाई समय, क्षमता र दक्षता समर्पण गर्दै आएको उल्लेख गरेकी छन् ।
‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ’ र ‘जान्नेलाई छान्ने’ भन्ने मूल नाराबाट प्रेरित भएर पार्टीमा आबद्ध भए पनि व्यवहारमा भने सक्षम महिला र युवाहरूलाई नारामा मात्र सीमित गरिएको उनको आरोप छ ।
पार्टीमा विधि–विधान विपरीत चाप्लुसीवाद र आर्थिक ‘बार्गेनिङ’ हाबी हुँदै गएको, जिम्मेवारी दिनुपर्ने ठाउँमा बेवास्ता गरिएको, संगठनभित्र भ्रष्टाचार बढेको र आसन्न फागुन २१ गतेको निर्वाचनका सन्दर्भमा अवलम्बन गरिएको पद्धति पार्टीको स्थापनाकालीन मूल्य र सार्वजनिक प्रतिबद्धताभन्दा ठीक विपरीत रहेको निश्कर्षसहित उनले पार्टी त्यागेकी थिइन् ।
मधेशदेखि काठमाडौँसम्म असन्तुष्टिको श्रृंखला
भुर्तेलको राजीनामासँगै सोही दिन रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पनि पार्टी परित्याग गरेकी थिइन् । उनले संगठनमा योगदान गर्नेहरूको मूल्यांकन नभएको र आर्थिक अनियमितताले निर्णयहरू प्रभावित भएको आरोप लगाएकी छन् ।
यसअघि नै काठमाडौंमा २०७९ को निर्वाचनमा उम्मेदवार बनेकी खेमकुमारी भुर्तेल, डा प्रणय राणा, नुवाकोटका नेता अशोककुमार थापा, काठमाडौँ सभापति प्रदीप विष्ट, मधेश प्रदेशका संस्थापक सदस्य पवन चौधरी, केन्द्रीय सदस्य डा प्रभात अधिकारीलगायतका नेताहरुले रास्वपा छोडेका छन् ।
‘प्राइमरी’को वाचा र व्यवहारको दूरी
रास्वपाभित्रको असन्तुष्टिको एउटा मुख्य कारण पार्टी विधानअनुसार नचलेको र निर्णय प्रक्रिया अपारदर्शी भएको आरोप हो । पार्टी सभापति रवि लामिछाने निकट मानिएका डा प्रणय शमशेर राणाले समेत विधानअनुसार नचलेको, आर्थिक अपारदर्शिता कायम रहेको र ‘प्राइमरी इलेक्सन’को नाममा चलखेलको बाटो खुला राखिएको आरोप लगाउँदै पार्टी छाडेका थिए ।
उनपछि प्रवास नेपाली सम्पर्क समिति अमेरिकाका संस्थापक सभापति डिल्ली पौडेल लगायतले पनि पार्टी छोडेका छन् । रास्वपाबाट बाहिरिएका केही प्रभावशाली नेताहरू पुनः नेपाली कांग्रेस फर्किन थालेका छन् । डा प्रणय शमशेर राणा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा कांग्रेस प्रवेश गर्दै ‘घर फिर्ती’ भएका हुन् । उनलाई सभापति गगन थापा ले स्वागत गरेका थिए ।
नुवाकोटमा २०७९ मा रास्वपाबाट उम्मेदवार बनेका सुमन पाण्डे र प्रधुम्न महत पनि कांग्रेस फर्किने तयारीमा छन् । पार्टीभित्र पछिल्लो समय अन्यत्र अवसर नपाएपछि रास्वपा प्रवेश गरेका व्यक्तिहरूको प्रभाव बढ्दै गएको र पार्टी निर्माणका बेला उभिएका नेताहरू क्रमशः पाखा लाग्दै जान थालेका छन् ।
चुनावी लहरको दाबी र भित्री यथार्थ
रास्वपाले सार्वजनिक रूपमा आफ्नो पक्षमा चुनावी लहर रहेको दाबी गरिरहँदा, भित्रभित्रै संगठनात्मक आधार कमजोर हुँदै गएको देखिन्छ । ‘नयाँ राजनीति’को नारा बोकेको दल आफैं पुराना दलका कमजोरी गुटबन्दी, अपारदर्शिता र नेतृत्व केन्द्रित निर्णयबाट मुक्त हुन नसकेको आरोप अब व्यक्तिगत असन्तुष्टि मात्र रहेन ।
संस्थापकहरूको निरन्तर बहिर्गमनले रास्वपामाथि गम्भीर प्रश्न उब्जाएको छ । रास्वपाभित्र पछिल्लो समय ‘अन्यत्र अवसर नपाएपछि रास्वपा प्रवेश गरेका’ व्यक्तिहरूको प्रभाव बढ्दै जाँदा पार्टी निर्माणका बेला उभिएका नेताहरू पाखा लाग्दै गएको आरोप खुलेर आउन थालेको छ । नेतृत्व तहमा पहुँच, टिकट वितरण र संगठन विस्तारमा पैसाको भूमिका बढेको गुनासोले पार्टीको नैतिक धरातलमै प्रश्न उठाएको छ ।
चुनावको मुखमा संस्थापकहरू गुमाउँदै जानु र नयाँ अवसरवादीहरूको घेराबन्दी बढ्नु रास्वपाका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० फागुन २०८२, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सुस्ता गाउँपालिका उपसभापतिले पार्टी छाडे
रास्वपा धनगढीका संस्थापक सभापति विष्टद्वारा पार्टी परित्याग
धैर्यतालाई कमजोरी नठान्न रास्वपालाई एमालेको चेतावनी
रास्वपाको भैरहवामा हुने चुनावी सभा स्थगित
रास्वपा : बोले पुग्ने, गर्न नपर्ने ?
दाङमा रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा