काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुस्ता गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का उपसभापति गुप्तसेन ठकुरी (मनोज) ले पार्टी परित्याग गरेका छन् ।
पार्टीको भनाइ र गराइमा फरक पारदर्शिता नदेखिएको र अवसरवादीको चुंगुलमा पार्टी फस्दै गएको भन्दै उनले शनिबार पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
ठकुरी रास्वपाको स्थापनाकालदेखि नै पार्टीमा सक्रिय नेतामा पर्दछन् । उनले रास्वपाका जिल्ला सभापतिलाई लेखिएको राजीनामा पत्रमा पार्टी परित्याग गरेको स्वघोषणा गरेका छन् ।
‘आजको मितिसम्म आइपुग्दा पार्टीको भनाइ र गराइमा पारदर्शीता नदेखिएको र अवसरवादीहरूको चंगुलमा पार्टी फस्दै गएको महसुस भएको हुँदा म यस सुस्ता गापाको उपसभापति तथा साधारण सदस्यसमेत नरहने गरी आजैका मितिबाट राजीनामा दिएको स्वघोषणा गर्दछु,’ ठकुरीले पत्रमा लेखेका छन् ।
सुस्ता गाउँपालिका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ मा पर्दछ । यहाँ रास्वपाले विक्रम खनाललाई उम्मेदवार बनाएको छ ।
खनाल नेपाली काँग्रेसको लुम्बिनी कार्यसमितिका पूर्वमहामन्त्री हुन् । काँग्रेसले उनलाई गत असारमा एक वर्षका लागि पार्टी सदस्य नरहने गरी निष्कासन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ फागुन २०८२, २१ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
रास्वपाको सचिवालय बैठक सुरु: चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा
गणेश कार्कीले पाए रास्वपाको महाधिवेशन दस्तावेज तयारीको जिम्मेवारी
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
रास्वपा कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी
रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी