काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट फ्याँकिएका मान्छेहरूले चुनावबारे भ्रम छरेको बताएका छन् ।
पार्टीको दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिबारे असन्तुष्टि जनाउँदै यस्तो बताएका हुन् ।
त्यही अभिव्यक्तिबारे उनले भने, ‘हिजो जनताबाट फ्याँकिएका केही मानिसहरूले चुनाव हुँदैन, हुनुहुँदैन भन्ने कुरा गरेका छन्। म पाटीको तर्फबाट भन्छु यस्ता कुराको पछि नलाग्न र दृढतापूर्वक चुनावमा लाग्न अपिल गर्छु।’
पूर्वराजा शाहले देशको समस्या समाधान नगरी गरिएको चुनावबाट निकास नआउने बताएका थिए।
उनले प्रतिक्रियावादी र प्रतिगामीहरूको चलखेलको कुनै अर्थ नभएको बताए। आफूहरूले सुरुदेखि नै देशको निकासको लागि चुनावको विकल्प नभएको कुरा गर्दै आएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ फागुन २०८२, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’ र महावीरलाई मतदाताद्वारा ‘चुनाव खर्च’ सहयोग
निर्वाचन क्षेत्रमा प्रचण्डको १५० घण्टा
प्रचण्डको सिस्नेमा मर्निङ वाक : सहिदका प्रतिमामा माल्यार्पण र स्थानीयको घरमा खाजा
प्रचण्ड : ‘टुरिष्ट’ होइन, ‘कर्मभूमि’ का उम्मेदवार
चुनबाङ पुगेर प्रचण्डले भने- यही बसेर ढाडमा टेकेर टाउकोमा हान्ने नीति बनाइन्थ्यो
जनयुद्ध दिवसमा प्रचण्डको अपिल: 'राष्ट्रिय संकट समाधान गर्न सबै शक्ति एक बनौँ'